यी हुन् कोलेस्ट्रल र शरीरको अनावश्यक बोसो हटाउने घरेलु उपाय

कोलेस्ट्रल र मोटोपन सबैकोको लागि समस्याको विषय बनेको छ । यसबारेमा प्रशस्तै सामग्रीहरु पढ्न पाइन्छ, तर कसैले दिएको उपाय काम लाग्दैन । यहाँ हामी शरीरको कोलेस्ट्रल र अनावश्यक बोसो हटाउने घरेलु उपायको बारेमा चर्चा गर्नेछौं । जसलाई बनाउन पनि एकदमै सजिलो छ र प्रभावकारी पनि हुन्छ । यो औषधी बनाउने सामग्रीमा तपाईंकै घरमा सहजै पाउन सकिन्छ ।

सामग्रीः
२ लिटर शुद्ध पानी , बेकिङ्ग सोडा, २ मुट्ठा धनियाँ, ३ दाना कागती

सबैभन्दा पहिला कागतीलाई बेकिंग सोडाले एउटा भाँडोलाई राम्रोसँग सफा गर्नुहोस् र त्यसपछि पानीलाई राम्रोसँग उमाल्नुहोस् । पानी उम्लिएपछि चिसो नहुन्जेल कुर्नुहोस् । जब पानी चिसो हुन्छ, त्यसमा कागती र धनियाँ काटेर राख्नुहोस् र सफा भाँडोको बिर्को राम्रोसँग बन्द गरेर फ्रिजमा राख्नुहोस् ।

भोलिपल्ट उक्त मिश्रणलाई पानी पिउने भाँडोमा निकालेर राम्रोसँग हल्लाउनुहोस् । हरेक दिन १०० ग्राम उक्त मिश्रणको सेवनले शरीरको कोलेस्ट्रल र अनावश्यक चिल्लो पदार्थ हटाउँछ र तपाईलाई स्वस्थ शरीर मिल्छ ।

प्रतिक्रिया

सम्बन्धित