सेभिङपछि छाला बिग्रन नदिन यसाे गर्नुहाेस्

एक खाेज अनुसार ३० प्रतिशतभन्दा बढी पुरुषमा सेभिङपछि छालामा समस्या देखिन्छ । कसैलाई खटिरा आउँछ त कतिलाई पोल्छ पनि । खासमा संवेदनशील छाला भएका पुरुषमा यस्ता समस्या देखिन्छ । यदि तपाईंमा पनि यस्तो समस्या छ भने सेभिङमा विशेष ध्यान पुर्‍याउन जरुरी हुन्छ :

पहिला आफ्नो छाला कुन प्रकृतिको छ भनी पहिचान गर्नुपर्दछ । छालालाई ‘ए’, ‘बी’ र ‘सी’ गरी वर्गीकरण गरिएको छ । सेभिङ गर्नुभन्दा पहिला छालालाई नरम बनाउन जरुरी हुन्छ । त्यसका लागि सुविधाअनुसार सेभिङ क्रिम र तेलको प्रयोग गर्न सकिन्छ ।

सेभिङ गर्ने दिशा पनि पहिचान गर्नुपर्ने हुन्छ । जुन तरिकाले सेभिङ गर्दा समस्या आउँदैन, त्यही तरिकाले सधैँ सेभिङ गरेमा छालाको सुरक्षा हुन्छ ।

गर्मीको समयमा सेभिङ गर्दै हुनुहुन्छ भने पानीको प्रयोगमा विशेष ध्यान पुर्‍याउनुपर्दछ । पानीको प्रयोगले दारी र छालालाई मुलायम बनाउने काम गर्छ । यसले छालाका छिद्र पनि खुल्ने गर्छन् । त्यस्तै, गर्मीमा सेभिङपछि चिसो पानीले अनुहार पखाल्न पनि उत्तिकै आवश्यक हुन्छ । यसले रौँका छिद्रलाई पुर्ने गर्छ र छिद्रमा धुलो तथा अन्य विकार पदार्थ प्रवेश गर्न पनि पाउँदैन ।

स्किनमा समस्या आउनुको मुख्य कारण छालामा ब्लेडको घर्षणले पनि हो । त्यसैले ब्लेडले सेभिङ गर्दा विशेष ध्यान पुर्‍याउन जरुरी हुन्छ ।

आफ्नो छालाको प्रकृतिअनुसार रेजरको प्रयोग गर्नुपर्दछ । त्यसका लागि छाला विशेषज्ञसँग परामर्श पनि गर्न सकिन्छ ।

सेभिङ गर्ने समय मात्र नभएर अनुहारको छालालाई सधैँ स्याहार गर्न जरुरी हुन्छ । स्किनलाई सधैँ स्वस्थ र हाइजेनिक बनाइराख्नुपर्छ । यसका लागि मोस्चराइजको प्रयोग गर्न सक्नुहुन्छ । सेभिङ स्किनका लागि पनि मोस्चराइजरको अवश्यकता पर्दछ । र, दिनमा दुईपटक गुणस्तरीय फेसवासले अनुहार सफा गर्ने बानी पनि बसाल्नुपर्छ । – एजेन्सी

प्रतिक्रिया

सम्बन्धित