घमौराले दिक्क बनायाे : यसाे गर्नुहाेस्

गर्मी मौसममा धेरै जसो मानिसलाई घमौरा आउने समस्याले सताउँछ । गर्मी वातावरण, पसिना, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन् । घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन सक्छन् । फहोेर खेल्ने, हातखुट्टा नियमित सफा नगर्ने, नियमित ननुहाउने र प्रदूषित वातावरणनै घमौरा आउने मुख्य कारण हुन् ।

घमौरा आउन नदिने पहिलो उपाय भनेकै गर्मीबाट जोगिनु नै हो । चर्काे घाममा ननिस्किने, हल्का पातलो र खुकुलो सुतिको कपडा लगाउने, गुम्सिने, साँघुरो र बाक्ले कपडा प्रयोग नगर्ने उपायहरु आपनाउदा पनि घमौराबाट बच्न सकिन्छ । यो समस्याबाट बच्न अब हामीले आफ्नै घरमा पाइने घरेलु उपचार पनि सामाग्री प्रयोग गर्न सक्छौ । त्यसैले घमौराबाट बच्न यी उपाए आपनाउनुहोस् :

१. घ्युकुमारीको जेल – दिनमा ३ पटक एक–एक चम्चा ध्युकुमारीको जेललाई घमौँरामा लगाई २० मिनेटपछि राख्ने । २. काँक्रा मसाज – एक गिलास पानीमा एउटा कागती र काँक्रालाई पानीमा डुबाएर घमौरा निस्किएको ठाउँमा १० मिनेटसम्म लगाउने । ३. नीमको पात – दिनमा एक पटक नीमको २० वा ३० पातलाई एक गिलास पानीमा उमालेर चिसो भएपछि घमौरा आएको ठाउँमा लगाउने र २० मिनेटपछि नुहाउने ।

४. मुल्तानी माटो – २ चम्चा मुल्तानी माटोलाई पानीमा मिलाएर पेस्ट बनाएर घमौरामा लगाउने र आधा घन्टापछि धुने । ५. जैतुनको तेल – दिनमा दुई पटक एक–एक चम्चा जैतुनको तेल र मह मिसाएर घमौरामा लगाई २० मिनेटपछि धुने । ६. नरिवालको तेल – एक चम्चा नरिवलको तेलमा एउटा कपूर मिसाउने रसम्म घमौरामा लगाएर धुने ।

७. आइस क्युब – एक प्लास्टिकको झोलामा बरफको डल्लालाई दैनिक १० मिनेटसम्म घमौरा आएको ठाउँमा सेकाउने । ८. चन्दन – आधा चम्चा चन्दनको पाउडरलाई एक चम्चा गुलाब चलमा मिलाउने र घमौरा आएको ठाउँमा लगाउने ।

प्रतिक्रिया

सम्बन्धित