बालबालिकालाई राम्रो बोली सिकाउन अपनाउनुहाेस् यी टिप्स

काठमाडौ । सन्तान जन्मेपछि अभिभावकहरूमा उनीहरूको बोली कस्तो होला भनेर सोच आउने गर्छ । केही शिशुहरू चाँडो बोल्छन् भने कोही ढिलो बोल्ने हुन्छन् । विज्ञहरूका अनुसार बच्चालाई बोल्न सिक्नका लागि कम्तिमा एक वर्षभन्दा बढी समय लाग्न सक्छ । बोल्न नसकेसम्म शिशुहरूले इसारामार्फत आफ्नो शब्दहरू बताउन् खोज्छन् ।

केही शिशुहरूको विकास ढिलो हुन्छ, त्यसैले उनीहरू ढिलो बोल्न थाल्छन् । यस्तो अवस्थामा अभिभावकहरूले बच्चाहरूसँग बढी समय बिताउनुपर्छ र बोल्न प्रोत्साहित गर्नुपर्छ । बालबालीका ढिलो बोल्नुका थुप्रै कारणहरू हुन्छन् । वंशानुगत पनि एक मुख्य कारण हो । अभिभावकले ढिलो बोल्न सुरू गरेका हुन् भने सन्तानले पनि ढिलो बोल्न सक्छन् । भाषा सिक्नको लागि बालबालिकाहरूमा एक लामो प्रक्रिया हुने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित