मुख्यमन्त्री राईद्वारा टेम्के भ्यु टावरको शिलान्यास

भाेजपुर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले टेम्के भ्यु टावरको शिलान्यास गरेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ मा निर्माण हुने भ्यु टावरकाे मुख्यमन्त्री राईले शिलान्यास गरेका हुन् । उक्त भ्यु टावर चार तल्लाको बन्ने बताइएको छ । सहरी विकास तथा भवन कार्यालयका अनुसार १३ करोड ६२ लाख ८१ हजार लागतमा निर्माण हुने भ्यु टावर पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

आर एन्ड सी कुन्सालिङले कम्पनीले निर्माण गर्ने उक्त भ्यु टावर विसं २०८२ जेठ मसान्तसम्म बनाइसक्नु पर्ने छ । प्रदेश नम्बर १ मा पर्यटकीय हिसाबले उच्च सम्भावना भएको क्षेत्र हो । भोजपुर र खोटाङको सङ्गम स्थानमा रहेको यो भूभाग प्राकृतिक, भौगोलिक, धार्मिक तथा सांस्कृतिक रूपमा विशिष्ट रहेको छ । समुद्री सतहबाट तिन हजार दश मिटर अग्लो स्थानमा रहेको यो भूभाग सुन्दर तथा शान्त छ ।

यस स्थानबाट सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरींशकर लगायतका दर्जन भन्दा बढी हिमाल तथा हिमशृङखलाहरूको अवलोकन गर्न सकिन्छ । त्यसैसरि तेह्रथुम, धनकुटा, सङ्खुवासभा, उदयपुर, ताप्लेजुङ, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका जिल्लाहरू प्रस्ट रूपमा देख्न सकिन्छ । सिक्किम, दार्जिलिङ,सिलगुडि, भुटान लगायतका सहरहरू पनि देख्न कसिने अनुभवीहरू बताउँछन् । उनीहरूका अनुसार मौसम खुलेका बेला यी सबै स्थान देख्न सकिन्छ ।

याे पनि

दर्जन बढी हिमाल देखिने ट्याम्के डाँडा

प्रतिक्रिया

सम्बन्धित