यसरी तयार पार्नुहोस् होममेड टुथपेस्ट

प्राय मानिसहरु दाँत सफा गर्न बजारमा पाइने टुथपेस्ट प्रयोग गर्छन् । तर कसैलाई थाहा छैन कि बजारमा पाइने टुथपेस्टमा कति रसायन हुन्छ, जसले हाम्रो दाँतलाई भित्रैदेखि कमजोर बनाउँछ । यसै कारण क्यान्सर जस्तो भयावह रोग लाग्ने खतरा हुन्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि यसरी घरमै टुथपेस्ट तयार पार्नुहोस्, जसको प्रयोगले हाम्रो दाँत बलियो बनाउँछ ।

आवश्यक सामग्री

– नरिवल तेल १ सय ग्राम
– बेसार पाउडर ५० ग्राम
– खाने सोडा २० ग्राम
– पुदिना ५ ग्राम

कसरी बनाउने ?

एउटा सानो भाँडोमा सबै सामग्री राम्ररी मिसाउने । उक्त मिश्रण एकदमै मिहिन र मुलायम हुनुपर्छ । यो तयार भइसकेपछि पहेंलो रंगको हुनुपर्छ । अब यसलाई मेहेन्दी भर्ने कीप जस्तै खाली कीपमा भरेर फ्रिजमा राख्ने । त्यसपछि यो पेस्ट थोरै कडा हुन्छ । यसरी तयार हुन्छ केमिकल–फ्रिटुथपेस्ट ।

ध्यान दिनुपर्ने कुरा

१. राम्ररी फ्रिजमा राखिएको छ भने यसलाई केहि महिनासम्म प्रयोग गर्न सकिन्छ ।
२. कतिले सोच्छन् बेसारले दाँत पहेंलो हुन्छ, तर त्यस्तो हुँदैन ।
३. यो टुथपेस्ट केमिकल फ्रिभएकाले दाँतलाई हानी गर्दैन, यसमा औषधिय गुण हुने भएकाले दाँत बलियो बनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित