गौमुत्र सेवन गर्दा के हुन्छ ?

जब क्रोनिक अनि घातक रोगको उपचारको लागि उपलब्ध उपचार पद्धतिले काम गर्दैन तब अनेकन उपायको खोजी थालिन्छ। स्वभाविक उपचार पद्धतिले काम नर्गदा अपनाइने अन्य विधिहरुमा सबैभन्दा कारगर मानिने विधि हो गौमुत्र अर्थात गाईको पिसाब सेवन। गौमुत्र क्यान्सर उपचारको लागि झनै प्रभावकारी मानिन्छ। तर, सत्यता के हो?

गौमुत्रले भारतवर्ष (नेपाल-भारत लगायत दक्षिण एसियाको क्षेत्र)मा झण्डै ५००० वर्षको इतिहास बोकेको छ। नब्याएको गाईको गौमुत्र बिहान खाली पेटमा सेवन गर्दाले धेरै रोग निवारण गर्न सक्छ। आयुर्वेदले स्वीकारेको यो विधि आधुनिक समाजसम्म आइपुग्दा पनि चर्चाकै शिखरमा छ। यसको सेवनले मधुमेह, ट्युमर, क्षयरोक, पेटसम्बन्धी समस्या सहित क्यान्सरको पनि उपचार गरेका विभिन्न घटनाहरु भेटिन्छन्।

आधुनिक औषधी विज्ञान गौमुत्रको फाइदासंग परिचित छ तर यसले क्यान्सर नै निको पार्ने कुनै मेडिकल प्रमाण भने भेटिएको छैन। सुरुवाती स्टेजमै रहेको क्यान्सर भने गौमुत्रको सेवनले निको भएको भेटिएको हो। गौमुत्र सेवनले रोग निको बनाएको घटनाहरु निको हुनेहरुले नै फैलाएको देखिन्छ। तर एकिनको साथ भन्न सकिन्न कि उनीहरु गौमुत्र सेवनले नै निको भएका हुन ।

के हुन्छ गौमुत्रमा?

गौमुत्रमा सोडियम, पोटासियम, क्रिटिनाइन, फस्फोर र इपिथेलियल कोष हुन्छ। तर यी मिनरल्सहरुले क्यान्सर विरुद्ध काम गर्दैनन्। यी तत्वले माटो पक्का मलिलो बनाउँछ र स्वास्थ्यमा विभिन्न फाइदा पुर्याउने भएतापनि क्यान्सर उपचारको वैकल्पिक विधिको रुपमा लिन कदापी मिल्दैन। प्रश्न आउँछ की गौमुत्रले साच्चै क्यान्सर उपचार गर्छ? उत्तर हो, गर्न सक्दैन। यसले क्यान्सर उपचार गर्ने कुनै वैज्ञानिक आधार अहिलेसम्म भेटिएको छैन।

प्रतिक्रिया

सम्बन्धित