कोरोना भाइरसबाट सुरक्षित रहन खानुहाेस् यी खाना


रोगसँग लड्ने शरीरको क्षमता बलियो भए फ्लु, भाइरस र अन्य धेरै प्रकारका रोगबाट बच्न सकिन्छ।  नोभेल कोरोना भाइरस विश्वभरि फैलिरहेका समयमा रोग प्रतिरोधात्मक क्षमता बढाउने आहार खाने र स्वस्थ जीवनशैली अपनाउनुपर्छ।

दिनको पहिलो खुराक भएकाले बिहानको खाना स्वस्थ र धेरै खानुपर्छ। रोग प्रतिरोधात्मक प्रणाली बलियो राख्ने सही खाना खाए सबै ठीक हुन्छ।

शरीरलाई कोरोना भाइरसबाट सुरक्षा दिने यही हुन् पाँच खाना :

१.    साइट्रस फलफूल

ब्रेकफास्टमा सुन्तला, कागती र ग्रेपफ्रुट खानुहोस्। साइट्रस भएका यी फलफूल पोषणका भण्डार हुन्। यसले रोग प्रतिरोधी क्षमता बढाउने र क्यान्सरविरूद्ध लड्न पनि सहयोग पुर्‍याउँछ।

साइट्रसजन्य फलफूल भिटामिन सि र खनिजले भरिएका हुन्छन् जसले रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउँछ। यसले शरीरको जलन कम गर्छ। यसमा एन्टिअक्सिडेन्ट पनि हुन्छ, जसले छालालाई सुन्दर बनाउँछ। यी फाइबरका असल स्रोत हुन्। यसमा क्यालोरी थोरै हुन्छ र मिर्गौलामा पत्थर हुन दिँदैन।

२.    मेवा

मेवा छालाका लागि राम्रो मानिन्छ। मेवामा एन्टिअक्सिडेन्ट र फोटो न्यूट्रियन्ट पाइन्छ जसले मुटुलाई स्वस्थ राख्छ। यसले क्यान्सरसँग लड्न पनि सहयोग पुर्‍याउँछ। काँचो मेवा खाए ब्लड सुगर र कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग पुग्छ। मेवामा भिटामिन ए, बि, सि र के पर्याप्त मात्रामा पाइन्छ। मेवामा पोटासियम, क्याल्सियम, कप्पर र म्याग्नेसियम जस्ता खनिज पनि पाइन्छ।

३.    ग्रिन टि

हामीमध्ये धेरैलाई बिहान चिया पिउने बानी परेको छ। ग्रिन टिले शरीरमा उर्जा मात्रै नभएर रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। यसमा पाइने पोषक तत्व र एन्टिअक्सिडेन्टले ब्लड सुगर नियन्त्रण हुन्छ। यसबाहेक यसले मेटाबोलिजम पनि बढाउँछ। ग्रिन टिमा खनिज पर्याप्त हुन्छ। यसले शरीरको डिटक्सिफिकेसन प्रक्रिया बढाउँछ जसले तौल कम गर्न सहयोग पुग्छ।

४.    दही

दहीमा प्रोटिन धेरै हुन्छ। भिटामिन डिको स्रोत भएकाले रोग प्रतिरोधात्मक प्रणालीका लागि पनि एकदमै राम्रो हुन्छ। यसले मुटुरोगको जोखिम घटाउने र तौल व्यवस्थापनमा पनि सहयोग पुर्‍याउने विश्वास गरिन्छ। प्रोबायोटिक भएको दहीले रूघाखोकी लाग्न नदिने पनि थुप्रै अध्ययनले देखाएको छ।

५.    बदाम

बदाम, तोरी र सूर्यमुखीका दाना जिङ्क, म्याग्नेसियम र ओमेगा ३ पाइन्छ। यी पोषक तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछन्। यिनीहरूमा भिटामिन ए, डि, ए र के पर्याप्त मात्रामा पाइन्छ। न्यूट्रियन्ट नामक जर्नलमा प्रकाशित एउटा अध्ययन प्रतिवेदन अनुसार बदाम मुटु तथा श्वासप्रश्वास र मेटाबोलिजमका लागि उपयोगी हुन्छ।

यसबाहेक बेसार, निमको पत्ता, लसुन, पालक, अदुवा, ब्रोकोली, गाँजर, महले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छन्। यसो गर्दा कोरोना भाइरससँग लड्न शरीर पनि बलियो हुनेछ।

प्रतिक्रिया

सम्बन्धित