कोरोना भाइरसबाट बच्न भुलेर पनि नगर्नुहोस् यी १० काम !

काठमाडौं / अहिले सारा विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर ६ लाख १९ हजार भन्दा धेरै मानिसको मृत्यु भईसकेको छ भने १ करोड ५० लाख भन्दा बढी मानिसहरु यसबाट संक्रमित बनेका छन् ।

साथै ८६ लाख भन्दा धेरै मानिसहरु कोरोना संक्रमण मुक्त पनि भएका छन् । तर अहिलेसम्म कोरोना भाइरसविरुद्धको कुनै पनि भ्याक्सीन उपलब्ध भएको छैन । यस्तो अवस्थामा सोसल डिस्टेन्सिङ र मास्क लगाउनुलाई नै मुख्य हतियार मानिएको छ ।

आज हामी तपाईलाई कोरोनाबाट बच्नका लागि डाक्टरले दिएका १० उपायहरुको बारेमा जानकारी दिनेछौँ ।

१. कोरोनाबाट बच्नको लागि काँचो मासु नखानुहोस्, खानै मन लागे राम्रोसँग पकाएर मात्र खनुहोस् ।

२. यदि तपाईमा कोरोना भाइरसको लक्षण देखिएको छ भने आफूलाई आईसोलेट गर्नुहोस् । घरका मानिससँग् पनि नमिल्नुहोस्, यदि अत्यावश्यक नै छ भने उचित दुरी कायम गर्नुहोस् र कुनै पनि सार्वजनिक सवारीको प्रयोग नगर्नुहोस् ।

३. सरसफाईको लागि आफ्नो हात लगातार धुनुहोस्, हातमा फोहोर नभए पनि त्यसलाई धुनुहोस् । हात धोएपछि टिसुले पुच्छ्नुहोस् । पानी नभए स्यानिटाइजरको प्रयोग नगर्नुहोस् ।

४. जो मानिस हाच्छ्यूँ गरिरहेको छ, उक्त व्यक्तिबाट टाढै रहनुहोस् । साथै आफ्नो अनुहार, नाक र आँखा नछुनुहोस् । कतै बाहिर जानु छ भने मास्क अनिवार्य लगाउनुहोस् ।

५. कोरोना भाइरसको इन्फेक्सनबाट बच्नको लागि आफ्नो कोठाको तापक्रम ३० डिग्री सेल्सियस भन्दा धेरै राख्नुहोस् ।यसबाट भाइरसको संक्रमण हुने सम्भावना कम हुन्छ । साथै एसीको प्रयोग नगर्नुहोस् ।

६. झ्याल ढोका खुल्ला राखेर ताजा हावामा श्वास लिनुहोस्, तर यो सार्वजनिक स्थानमा नगर्नुहोस् । यो आफ्नो घरमा मात्र गर्नुहोस् ।

७. फोन वा अन्य आवश्यक चिज, वा धेरै प्रयोग गरिरहने कुराको सरसफाइमा पनि विशेष ध्यान दिनुहोस् । त्यसलाई प्रयोग गरेपछि स्यानिटाइजरको प्रयोग गर्नुहोस् ।

८. यदि तपाईलाई खोकी, कफ र श्वास फेर्नमा समस्या छ भने र बितेको १४ दिन यता कोहि संक्रमित व्यक्तिलाई भेट्नुभएको छ भने नजरअन्दाज नगर्नुहोस् । यसबारेमा डाक्टरसँग तत्काल जानकारी गराउनुहोस् ।

९. धेरै पानी पिउनुहोस्, धेरैजसो तातो पानीको प्रयोग गर्नुहोस् ।साथै कसैको जुठो पानी नपिउनुहोस् ।

१०. घरमा तपाईको हात लगातार गईरहेको ठाउँ छ भने त्यो ठाउँमा लगातार स्यानिटाइजर गर्नुहोस्, जसले कोरोना फैलाउने खतरा कम हुन्छ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित