यस्ता छन् लिच्चि खानुका यस्ता छन् फाइदा

लिच्ची गर्मी मौसममा पाईने फल हो जुन गाउँघरमा सजिलै पाउन सकिन्छ। लिच्ची खादा मिठो मात्र हैन यसले स्वास्थ्यमा पनि निक्कै फाईदा गर्छ । यसमा कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी कम्प्लेक्स पोटेसियम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, आइरन र मिनरलहरू पाइन्छन् ।

गर्मीमा दिनदिनै लिच्ची खाँदा अनेकौं समस्या भाग्छन् । आज यहाँ हामी यस भिडियो मार्फत लिच्चिका फाइदाहरू बताउँछौं । लिच्चीमा बिटा क्यारोटिन, राइबोफ्लेभिन, नियासिन र फोलेट टन्नै हुन्छ । यसले रोगप्रतिरोधक क्षमता बलियो बनाउँछ । पेटसम्बन्धी समस्या भएका मानिसले लिच्ची खाँदा राम्रो हुन्छ ।

तपाई तौल नियन्त्रण गर्न चाहनु हुन्छ भने लिच्ची खानुस् । लिच्चीमा फाइबर पाइन्छ जसले तौल नियन्त्रण गर्न सहयोग गर्छ । छिट्टै मोटोपन घटाउन चाहने मानिसले लिच्ची खानुपर्छ । बिहान लिच्ची खाँदा भोक नियन्त्रणमा रहन्छ अनि पेट पनि भरिएको अनुभव हुन्छ ।

लिच्चीमा क्याल्सियम, फस्फोरस र म्याग्नेसियम हुन्छ । यसले बच्चाहरूको शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । लिच्चीले हड्डीको रोग अस्टियोपोरोसिसलाई रोक्छ ।

क्यान्सर कोषिकासँग लड्ने गुण लिच्चीमा हुन्छ । दिनदिनै लिच्ची खाँदा क्यान्सरका सेलहरू बढ्न पाउँदैनन् । साथै छेरपट्टी, बान्ता, अल्सर र पेट सुन्निने समस्यालाई कम गर्नका लागि लिच्चीको सेवन लाभदायक हुन्छ । लिच्चीले पत्थरीको पीडामा पनि राहत दिन्छ । तर धेरै लिच्ची नखानुस् । त्यसो गर्दा चिलाउने, सुन्निने र सास फेर्न समस्या हुने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित