रोग निको पार्ने घरेलु औषधि विरेनुन : यस्ता छन् फाइदा

बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ । यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि लाभदायक हुन्छ । बिरेनुनले पेटमा भएका विषाक्त तत्वलाई बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा ग्यास्ट्रिक, कब्जियत, अम्लीयपन लगायत समस्याबाट छुटकारा मिल्छ ।

बिरेनुनमा प्रशस्त मात्रामा सल्फर, आइरन लगायत शरीरलाई आवश्यक खनिज तत्व हुन्छन् । जसका कारण मोटोपना, खराब कोलस्ट्रोल, (श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । यसले धातुबाट हुने असरबाट समेत बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।

यसको सेवनले कुष्ठरोग, दाद वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ । त्यस्तै, मनतातो पानीमा प्राकृतिक बिरेनुनको मिश्रण गरी नुहाएमा शरीरमा लाभ मिल्छ ।

प्रतिक्रिया

सम्बन्धित