यस्ता छन् रक्तदान गर्नु अघि जान्नैपर्ने कुरा

काठमाडौं। १८ देखि ६० वर्षसम्मका मानिस रक्तदान उमेर समूहमा पर्छन् । रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दा बढी हुनुपर्छ । रक्तदान गर्ने व्यक्तिलाई मलेरिया, जन्डिस, मधुमेह, क्षयरोग र एड्सलगायत कुनै पनि यौनरोग लागेको हुनुहुँदैन ।

मदिरा सेवन गरेको २४ घन्टाभित्र रगत दिनुहुँदैन । त्यस्तै, लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन । रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ । गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारी भइरहेको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन ।

रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन । रक्तदान गर्नुभन्दा तीन घन्टाअघि पोषिलो खाना सेवन गर्नु राम्रो हुन्छ । र, रक्तदानको समय जुसको सेवन गर्दा पनि स्वास्थ्यमा फाइदा पुग्छ । यस्तो खानाले थकाइ लाग्न दिँदैन ।

प्रतिक्रिया

सम्बन्धित