यसरी छुटाउन सकिन्छ बालबालिकाहरूमा मोबाइलकाे लत

आजभोलि बच्चाहरूमा स्मार्ट (मोबाइल)फोन चलाउने लत छ । त्यसमाथी लाेकडाउनकाे बेला  बच्चाहरू मोबाइलमा नै व्यस्त हुने गर्छन् ।  यसले विभिन्न समस्या देखिने गरेको छ । पछिल्लो अध्ययनअनुसार १३ वर्षमुनिका बच्चा डिजिटल टेक्नोलोजीसँग धेरै नजिक छन् । जसले गर्दा उनीहरू आफ्ना क्रियाकलाप र स्क्रिनमा हेर्ने समयलाई सन्तुलन राख्न नसक्ने भएका छन् ।

फलस्वरूप उनीहरूमा घाँटी र आँखाको समस्या देखिने गरेको छ । मोबाइलको यस्तो लतले भविष्यमा दीर्घरोगीसमेत बनाउन सक्छ । यस्तो समस्याबाट वेलैमा छुटकारा पाउन केही सावधानी अपनाउन सकिन्छ ।

यसरी हटाउनुहोस् मोबाइलकाे लत

बच्चालाई स्मार्टफोन चलाउन दिनुको सट्टा अन्य खेल खेल्न प्रेरित गर्नुपर्छ ।
खाना खाँदा, पढ्दा वा सुत्ने वेलामा ग्याजेटबाट टाढा राख्नुपर्छ ।
उनीहरू घरमै बस्दा टिभी, कम्प्युटर र मोबाइलसँग नजिक हुने गर्छन् । यसको सट्टा सुरक्षित स्थानमा साथीहरूसँग खेल्ने वातावरण मिलाउन आवश्यक छ ।
बालबालिकाका हरेक क्रियाकलापमा अभिभावकले सधैँ निगरानी राख्नुपर्छ ।
भुलाउने नाममा जथाभावी भिडियो हेर्न दिनुहुँदैन । त्यसो गर्दा उनीहरूमा सधैँ त्यही दोहोर्‍याएर हेर्ने बानी बस्न सक्छ ।
भिभावकले पनि सकेसम्म साना बच्चाको अगाडि ग्याजेटमा व्यस्त रहने गर्नुहुँदैन ।
बच्चाहरू ग्याजेटप्रति छिटै आकर्षित हुने भएकाले लुकीछिपी चलाउन खोज्छन् । तसर्थ, अत्यावश्यक नै भए बच्चाको ध्यान एकोहोरो केन्द्रित नहुने गरी चलाउन सकिन्छ। बिभिन्न अनलाइहरूबाट साभार

प्रतिक्रिया

सम्बन्धित