औषधीय गुण बोकेको सजिवनका फाइदै फाइदा

सजिवन अत्यन्त लाभदायक सब्जी हो । भनिन्छ, सजिवनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ । नेपालमा सहजै पाइने भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ। छिप्पिएको सजिवनको कोसामा छेक्रा हुने हुँदा धेरैले मन पराउँदैनन् तर कलिलोमा भने निकै मुलायम हुन्छ । भारतबाट सुरु भएको सजिवनको खेती विस्तारै एसिया हुँदै रसिया पुग्यो र संसारभर छायो । यो सब्जीको औषधीय गुण यति धेरै छन् कि, सायदै अन्य कुनै सब्जीमा पाइएला । सजिवन दक्षिण भारतमा व्यापक प्रयोग गरिन्छ भने नेपालमा पनि यसको खेती गर्न थालिएको छ । सजिवनको पात पनि औषधीय गुण बोकेको वनस्पतीमा पर्छ, जसलाई सितलचिनी भनेर चिनिन्छ ।

वनस्पती वैज्ञानिकहरुका अनुसार सजिवनका सम्पूर्ण अंगमा औषधीय गुण हुन्छ । भारतमा यसलाई सहजन भनेर चिनिन्छ भने अंग्रेजीमा ड्रमस्टिक भनिन्छ। हुन पनि यो सब्जी ड्रम बजाउने स्टिक जस्तै हुन्छ । सजिवनको पात अर्थात् सितलचिनीलाई अंग्रेजीमा मरिङ्गा भनेर चिनिन्छ ।

नेपालमा औषधीय गुण नबुझेर होला, सजिवनको प्रयोग ज्यादै न्यून देखिन्छ । सजिवनको गेडाबाट तेल निकालिन्छ, जुन अमूल्य औषधि मानिन्छ । आयुर्वेदमा सजिवनको प्रयोगले ३ सयभन्दा बढी रोगको निदान हुन्छ भनिएको छ । सजिवनको फूल, फल, डाँठ, कोसा र पात यति पोषक मानिन्छ कि, विश्व स्वास्थ्य संगठनको मार्गदर्शनले दक्षिण अफ्रिकाको कयौं देशमा कुपोषण पीडितहरुलाई आहारको रुपमा सौजुन प्रयोग गर्न सल्लाह दिएको छ ।

सजिवनलाई कसरी हुर्काउने ?

सजिवनलाई हुर्काउन सजिलो छ, किनभने यो हाँगा काटेर पनि रोप्न सकिन्छ र दानाबाट पनि बेर्ना निकाल्न सकिन्छ । तर ख्याल गर्नुपर्ने कुरा के छ भने, यसको बिरुवा हुर्काउँदा प्रशस्त मात्रामा पानी हाल्नुपर्ने हुन्छ । बिरुवा ८ देखि ९ फिट नहुँदासम्म नियमित पानीले भिजाएर राख्नु जरुरी छ ।

एउटा परिपक्क रुख हुँदा सौजुन ३० देखि ४० फिट अग्लो हुन्छ । यसको पात भने मसिनो खालको हुन्छ। केही छिप्पिँदै गएपछि सजिवन फुल्छ र फूल पनि धेरै औषधीय गुण बोकेको हुनाले संकलन गरेर सुकाइन्छ र बेचिन्छ ।

सजिवनले रोपेको ४ देखि ६ महिनामा फल दिन थाल्छ र निरन्तर १० वर्षसम्म दिइरहन्छ । हरेक रुखले २ सय ५० देखि ३ सय ५० सम्म सौजुन स्टिक दिन्छ र यो रुखले निरन्तर दुई बाली दिनसक्छ । २५ देखि ३० सेन्टिग्रेट तामक्रम सौजुनका लागि उपयुक्त मानिन्छ ।

सजिवन एक त्यस्तो खेती हो, जुन थोरै लगानीमा धेरै आम्दानी दिने बहुआयामिक वनस्पति हो । सजिवन जीवन जोगाउने रुख भनेर पनि चिनिन्छ । यो वनस्पति तराई तथा मध्यपहाडमा सजिलै खेती गर्न सकिन्छ । सिजनमा ८० रुपैयाँ किलो र अफसिजनमा ३ सय देखि ४ सय रुपैयाँसम्म काठमाडौंमा सजिवन बिक्री गरिन्छ ।

के–के बनाउन सकिन्छ सजिवनबाट ?

सौजुनबाट भारतमा १ सय २५ भन्दा धेरैथरीका परिकार तयार गरिन्छ । दक्षिण भारतमा यो सब्जी अति नै मह्त्वका साथ दैनिक भोजनमा समावेश गरिएको पाइन्छ । यसका परिकार फुटपाथदेखि पाँचतारे होटलसम्ममा भिन्नभिन्न रुपमा पस्किने गरिन्छ ।

नेपालमा भने कलिलो सजिवनको कोसालाई आलुमा मिसाएर तरकारी बनाउने चलन छ । भारतमा सजिवनको ग्रेभी, सुप, सलाद, सम्बार, सजिवन मसला, अचार र दालमा मिसाएर खाने चलन छ ।

सजिवनको मुन्टा तथा पातको करी पनि निकै प्रख्यात छ । पातलाई सुकाएर हर्बल टीको रुपमा पनि प्रयोग गरिन्छ । त्यस्तै सितलचिनीलाई विभिन्न आयुर्वेदिक औषधि बनाउन व्यापक प्रयोग गरेको पाइन्छ । वास्तवमा सजिवनलाई सब्जीको राजा नै मानिन्छ। सौजुनको पातको जुस बनाएर पनि खान सकिन्छ, जुन स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ ।

यस्ता छन् केहि सजिवन गुण

१. सजिवन या सजिवनको पात सितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ ।

२. हड्डी मजबुत बनाउन भूमिका खेल्छ ।

३. कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ।

४. उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ ।

५. रोघा–खोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ ।

६. गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ ।

७. छालासम्बन्धी संक्रमणबाट जोगाउँछ ।

८. सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ ।

९. सजिवनको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ ।

१०. सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ ।

११. सजिवनको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ ।

१२. सजिवनको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ ।

१३. सजिवनको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ ।

१४. कलेजो खराब हुनबाट जोगाउँछ ।

१५. चोट–पटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ ।

१६. छालाका लागि सजिवनको पत्ता उपयोगी मानिन्छ ।

१७. सजिवनको तेल कपालका लागि उत्तम मानिन्छ ।

१८. मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।

१९. शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ ।

२०. पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्ना मद्दत पुर्‍याउँछ ।

वैवाहिक जीवन खुसि बनाएर राख्नको लागि पिउनुहोस् सजिवनको सुप

सजीवन(ड्रमस्ट‍िक) को प्रयोग धेरै किसिम को बिमारी को उपचार गरिने गरिन्छ। रुघा खोकी, घाटी चिलाउने र छाती मा कफ़ जम्दा पनि सजीवनको प्रयोग गर्दा फाइदा हुन्छ ।

तपाइले चाहनु भयो भने तरकारी बनाएर वा उमालेर गर्न सक्नु हुनेछ । अथवा यसलाई पानीमा उमालेर त्यो पानी लाई पिउनु पनि धेरै फाइदा गर्दछ। यदि तपाई लाई स्वास फेर्न गाह्रो हुन्छ भने पनि सजीवनको प्रयोग तपाईहरु को लागि फाइदा गर्छ ।

सजीवन को सुप पिउदा सबै भन्दा धेरै फाइदा गर्दछ। यसमा भरपुर मात्रामा भिटामिन ‘सी’ पाइन्छ। भिटामिन ‘सी’ को बदलामा यसमा बीटाकैरोटीन, प्रोटीन हुन्छ । यो म्याग्निज, म्याग्नेशियम, पोटाशियम र फईबर प्रसस्त मात्रा मा पाईन्छ । यो सबै तत्व शरीरको पूर्ण विकाशका लागि धेरै जरुरी छ ।

कसरि बनाउने सजीवनको सुप ?

सजीवनलाई सानो सानो टुक्रा बनाउने । दुइ कप पानी लिने र यसलाई सानो आगोमा उमाल्ने । जब पानी उम्लिन थाल्छ त्यसमा काटेको सजीवन हल्नुहोस । तपाईलाई मन लाग्छ भने त्यसमा सजिवनको पत्ता पनि हाल्न सक्नु हुनेछ। जब पानी आधा बाँकी सजिवनको बिचको गुदी निकालेर माथिको भागलाई हटाई दिनुहोस । यसमा थोरै नुन र मरिच मिसाएर पिउनुहोस ।

सजीवनको सुप पिउनको फाइदा

१ . सजिवनको सुप को नियमित सेवन गर्नाले सेक्सुअल हेल्थ राम्रो हुनेगर्दछ। सजीवनले महिला र पुरुषको लागि समान फाइदा गर्दछ ।

२ . सजीवनमा एंटी ब्याकटेरियल गुण पाइने गर्दछ जुन धेरै किसिमको संक्रमण बाट सुरक्षित राख्न सहयोग गर्दछ ।

३.सजिवनको सुप पाचन तन्त्र लाई पनि बलियो बनाउने गर्दछ। यसमा भएको फाइबर्सले कब्जियतको समस्या हुन दिदैन ।

केहि सम्बन्धित थप जानकारी

गर्मीमा राम्रो निद्राका लागि तल उल्लेख गरिएका खानेकुरा खानुहाेस् :  गर्मि मौसममा धेरै मानिसलाई भोक नलाग्ने, निन्द्रा नलाग्ने हुन्छ ।त्यसका लागि यी तल दिएका खानेकुराहरु खानु पर्छ ।

आलु

निद्राको समस्या भएका मानिसले उमालेको वा भुटेको आलु खानु राम्रो हुन्छ । यस्तो आलु छिटो पच्छ र शरीरमा गर्मी पैदा हुन दिँदैन । अनि निद्रा राम्रो पर्ने नै भयो ।

सजिवन

गर्मीमा हाम्रो शरीरबाट असाध्यै पानी निस्कन्छ किनकि पसिना खुबै चुहिन्छ । त्यसैले पानीको स्तर कायम राख्नु जरूरी हुन्छ । सजिवन खाँदा त्यसमा भएको ९५ प्रतिशत पानी र २५ प्रतिशत क्यालोरीले शरीरमा पानीको कमी हुन दिँदैन ।

फर्सी

फर्सी धेरै लाभदायक तरकारी हो । यसमा भएको ट्रिप्टोफानले शरीरमा अत्यावश्यक सेरोटोनिन उत्पादन गर्छ । सेरोटोनिन दिमागमा हुने रसायन हो जसले मूड फ्रेश गर्छ, उदासी हटाउँछ र डिप्रेसनबाट बाहिर निकाल्छ । यसले राम्रो निद्रा पनि ल्याउँछ । यसमा भएको पोटासियम र फाइबरले पाचन प्रक्रिया तथा चिनीको स्तरलाई पनि सन्तुलनमा राख्छ ।

लौका

गर्मीमा कुनै हालतमा पनि शरीरमा पानीको कमी हुन दिनु हुँदैन । यसका लागि हरिया सागसब्जी, फल र लगातार पानी पिउनु उपयुक्त हुन्छ ।  शरीरमा पानीको कमी भयो भने पनि निद्रा लाग्दैन । लौकाको तरकारी र लौकालाई दहीमा मिसाएर राइता अवश्य खानुस् । यसले शरीरलाई ठण्डा राख्छ ।

 

प्रतिक्रिया

सम्बन्धित