अनुहारका २५ कोठी । कहाँको कोठी हुने मानिसको कस्तो स्वभाब ?

काठमाण्डौ / ज्योतिषका अनुसार कोठीले हामी सबैको भविष्यलाई पनि दर्शाउँछ । त्यसैले थाहा पाई राख्नुहोस् अनुहारमा भएका कोठीका आधारमा व्यक्तिको स्वभाव र भविष्य कस्तो हुन्छ ? त

१.दुबै आँखी भौंको बिचमा कोठी हुने व्यक्ति निकै बुद्धिमान हुन्छ । यस्ता मानिस अप्mनो बुद्धिले काममा सफलता र पैसा प्राप्त गर्छन ।

२. यदी कुनै व्यक्ति आँखाको कुनामा कोठी छ भने त्यस्ता मानिस भावुक हुन्छन् । यस्तामानिस अरु सँग इख राख्ने वाला हुन सक्छन् ।

३. जो मानिसको दाहीने आँखाको परेलामा कोठी छ उ सामान्य मानिस भन्दा बौद्धिक क्षमता बढी भएको हुन्छ ।

४. जो मानिसको दाहिने आँखाको तल कोठी हुन्छ उ निकै कामुक हुन्छ । यस्ता मानिस प्रेमको विषयमा अरुभन्दा अली बढी भावुक हुन्छन् । साथै यस्ता मानिसहरू अरुलाई सहायता गर्न पनि रुचाउँछन् ।

५. जो मानिसको दायाँ आँखाको तल र नाकको वरीपरी कोठी हुन्छ त्यस्ता मानिस स्वाभावका हिसाबले रहस्यमयी हुन्छन् । यस्ता मानिसको आनीबानी बुभ्mन अलि गार्हो हुन्छ ।

६.यदी कुनै मानिसको नाकको प्रारम्भीक स्थानको बीचमा कोठी छ त्यस्ता मानिस कल्पनाशील हुन्छन् भनिएको छ । यस्ता मानिस कुनै काम रचनात्मक ढंगले गर्न रुचाउँछन् ।

७. जुन मानिस को बायाँ आखाको तल र नाकको आसपास कोठी हुन्छ त्यस्ता मानिस आप्mना लागि अधिक सोच्ने र अरु सँग इख लिने खालका हुन्छन् ।

८. यदि कुनै व्यक्तिको बायाँ आँखाको ठिक तल कोठी छ भने त्यस्तामानिस कामुक स्वभावका हुन्छन् ।

९. जो मानिसका बायाँ आँखाको कुनामा कोठी हुन्छ त्यस्ता मानिस आप्mना प्रेमीको लागि लडाईं झगडा गर्ने खालका हुन्छन् । यस्ता मानिस प्रेमिलाई पाउनका लागि कोही अपराध गर्न पनि सक्छन् ।

१०. यदी कुनै व्यक्तिको बायाँ आँखाको परेलामा कोठी छ भने सम्झनुहोस् त्यस्तामानिस तेज दिमाग भएका हुन्छन् । यस्ता मानिस आप्mनै नीति प्रयोग गरी सहयोग विना मुश्किल कामलाई पनि सहजै सुल्झाउँछन् ।

११. यदि कुनै व्यक्तिको नाकमा कोठी छ भने त्यस्तामानिस धेरै यात्रा गर्ने वाला हुन्छन् । यस्ता मानिसको प्रेम सम्बन्धमा केही गडबडी पनि हुन सक्छ ।

१२. जुन मानिसको दाहिने गालाको हड्डिमा कोठी हुन्छ त्यस्ता मानिस भावुक हुन्छन् । भावनाका कारण विभिन्न खालका लफडा पनि ।

१३. दाहिने गालामा कोठी हुने मानिस अत्यिधिक कामुक हुन्छन् । यस्ता मानिसको समय समयमा प्रेमी या जीवन साथीसँग मत भिन्नता हुन सक्छ ?

१४. हातलाई सिधा गरेर अगाडि राख्दा ठीक नाकको तल कोठी हुने व्यक्ति श्रेष्ठ खालकै विचार भएको मानिस हुन्छन्, यस्ता मानिस रहस्यमय स्वभावका हुन्छन् । आफ्नो मनकोकुरा कसैलाई भन्दैनन् । यस्ता मानिस उत्तम भाग्यवाला हुन्छन् ।

१५. यदि नाकको बिचको भागको तल्लोपट्टी कोठी छ भने यस्ता मानिस स्वतन्त्र रुपले घुमफिर गर्न रुचाउँछन् । यस्ता मानिसको यात्रा असाध्यै राम्रो हुन्छ ।

१६. जो मानिसको ओठको माथिल्लो पट्टि बायाँ हाततिर कोठी हुन्छ त्यस्ता मानिस आप्mना सन्तानलाई असाध्यै माया गर्ने वाला हुन्छन् । यस्ता मानिसका उदारताका कारण परिवारमा सुखसम्बृद्धिको वातावरण हुन्छ र यस्ता मानिस विश्वासिला पनि हुन्छन् ।

१७. यदि कुनै व्यक्तिको नाकमा बायाँ हाततर्फ कोठी छ भने यस्ता मानिस कलात्मक तरिकाले काम गर्ने खालका हुन्छन् । यस्ता मानिस कयौं पटक आप्mनो कामले अरुलाई अचम्म पार्न सक्ने खालका हुन्छन् । यस्ता मानिस धेरै मानिससँग प्रेम सम्बन्ध राख्न सक्ने खालका हुन्छन् । विवाहितहरु आप्mना श्रीमतीप्रति समर्पित हुन्छन् ।

१८. ओठका ठिक माथि कोठी हुने व्यक्ति आप्mनो काम सही तरिकाले गर्छन् । यस्ता मानिस बुद्धिमान हुन्छन् र यीनको कल्पनाशक्ति पनि तेज हुन्छ ।

१९. यदि कुनै मानिसको ओठको कुनामा कोठी छ भने त्यस्ता व्यक्ति प्रेमी स्वभावका हुन्छन् । जीवन साथीका लागि इमान्दार हुन्छन् । कहिले कहिले रिसाउँछन् पनि ।

२०.जो व्यक्तिको बायाँ हातपट्टि गालाको हड्डिमा अथवा कानको नजिक कोठी हुन्छ त्यस्ता मानिस लाई सम्झाउन एकदम गार्हो हुन्छ । यस्ता मानिस राम्रो योजनाकार हुन्छन् ।

२१. जो व्यक्तिको बायाँ हातपट्टि गालाको हड्डिमा अथवा कानको नजिकै कोठी हुन्छ त्यस्ता मानिसको बौद्धिक क्षमता तेज हुन्छ । यस्ता खालका मानिसलाई एउटै खालको जीवन राम्रो लाग्दैन । समय समयमा जीवनमा परिवर्तन भइरहोस् भन्ने चाहना राख्छन् ।

२२. बायाँ हाततर्फ ओठको कुनामा कोठी हुने मानिस हरु सामान्य मानिस भन्दा तेजी कामुक हुन्छन् । कामूक स्वभावका कारण यिनीहरु जीवनमा कयौं पटक अप्ठ्याराहरूलाई सामना गर्नु पर्छ ।

२३. यदि कुनै व्यक्तिको बायाँ गालातिर कोठी छ भने त्यस्ता मानिसधर्म क्षेत्रमा रुचि राख्ने खालका हुन्छन् । यस्ता मानिस भौतिक सुख सुविधातर्फ आकर्षित हुन्छन् ।

२४. ओठको तल्लो पट्टि कोठी हुने व्यक्ति असुरक्षाको भावका साथ जीवन व्यतित गर्छन् । कुनै कुरामा सफलता पाउने विषयमा शंका भई रहन्छ । यस्ता मानिसहरुले स्वास्थ्यको विषयमा धेरै सावधानी अपनाउनु पर्ने देखिन्छ ।

२५.जो व्यक्तिको चिउँडोमा कोठी छ त्यस्तो व्यक्ति परम्परावादी हुन्छन् । यस्ताखालका मानिस परिवारलाई खुशी राख्ने प्रयास गर्छन् । अन्य मानिससँग सम्बन्ध स्वस्थ राख्न चाहन्छन् । यस्ता मानिस शान्त स्वभावका हुन्छन् तर कहिले कहिले रिसाउने पनि गर्छन् । कुनै काम शूरु गरे पछि इमान्दारीका साथ पूरा गर्ने खालका हुन्छन् । ज्योतिषका अनुसार कोठीका ’boutमा यी कुरा ध्यान राख्नु योग्य छ । शरीरको अन्य भागमा भएका कोठीको ’boutमा बताउँदा यहाँ उल्लेख गरिए अनुसारको फलादेशमा फरक पर्न पनि सक्छ ।

प्रतिक्रिया

सम्बन्धित