बालबालिकाको मुटु दह्रो बनाउन खुँवाउनुहोस् खजूर, हुनेछन् आश्चार्यजनक फाइदा

खजूर पौष्टिक फल हो । यो स्वास्थ्यका हिसाबले निकै लाभदायक छ। खजूरमा आइरन क्याल्सियम, पोटासियम आदि पोषक तत्व भरपुर पाइन्छ । खजूरलाई दुधमा भिजाएर खाँदा स्वास्थ्यलाई अझ धेरै फाइदा गर्छ ।

खजुरलाई हरेक बिहान नास्तासँग खान सकिन्छ । तर रक्तचापका बिरामीले भने चिकित्सकको सल्लाह अनुसार मात्रै खजूर खाँदा राम्रो हुन्छ ।
पाँच ओटा खजूरलाई एक गिलास दुधमा राखेर १० मिनेट मन्द रापमा धेरै बेरसम्म उमालेपछि त्यो दुधलाई पिउनाले शरीर सुसंगठित हुन्छ ।
जो कोहिलाई पनि लगातार पिसाब लाग्ने समस्या छ त्यस्ता व्यक्तिले दिनमा दुई ओटा खजूर खानाले समस्या समाधान हुन्छ ।

गर्भवती महिलाले खजूर खानाले तागत आउँछ । साथै शरीरमा रगतको कमी हुन दिदैन ।
शरीरमा आलस्यता वा थकान लागेको बेला खजूर खाँदा शरीरमा उर्जा प्राप्त हुन्छ ।
कमजोर मुटु भएका बालबालिका राती डराउँछन भने उसलाई दुधमा खजूर मिसाएर बिहान बेलुका खुवाउँदा यस्तो समस्या हट्छ ।
यदि श्वासप्रश्वासमा समस्या छ भने खजूर खानाले यो समस्या कम हुन्छ ।
रुघाखोकीले बारम्बार सताउँछ भने केही दाना कालो मरिच, एक चम्चा घ्यू र एक चम्चा अलाइचीलाई उमालेर पिउँदा रुघाखोकी ठिक हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित