यस्ता छन् सुपारीका फाइदा

हामीले सुपारीलाई विभिन्न कार्यमा प्रयोग गर्दै आएका छौं । हिन्दू धर्ममा सिङ्गो सुपारीलाई देवता गणेशको रुपमा पूजा आराधना गर्ने चलन पनि छ । यसका साथै सुपारीलाई औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । जान्नुहोस् यस्का फाइदा बारे चाँडै पकाउनु परेमाः कुनै तरकारी जति पकाए पनि नपाक्ने भएमा २–३ टुक्रा सुपारी कुटेर हालिदिएमा चाँडै पाक्छ । घाउ खटिरामाः घाउ खटिरा आएमा सुपारी घोटेर लगाउनाले छिटो निको हुन्छ ।

पेट दुखेमाः सुपारी कुटेर पानीमा पकाएर पानी पिएमा पेट बान्छ र दिशा लाग्न बन्द हुन्छ । डण्डिफोर र छालाको चायामाः फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाएमा डण्डिफोर र छालाको चाया स्पत ठीक भएर जान्छ ।

प्रतिक्रिया

सम्बन्धित