भोका सन्तानको पेट पाल्न आमाले बेचिन् कपाल

आफ्ना साना सन्तानको पेट भर्नका लागि लागि १५० भारतीय रुपैयाँ (नेरु २४०) मा कपाल बेचेको दिन प्रेमा सेल्भमको जीवनको सबैभन्दा खराब दिन थियो । तीन सन्तानकी आमा सेल्भमले श्रीमान् पहिल्यै गुमाइसकेकी थिइन् । बढ्दो ऋण र असफल सपनाका कारण उनका श्रीमान्‌ले आत्महत्या गरे । तर त्यति भए पनि उनीसँग आशा बाँकी नै थियो । आफ्नो कपाल बेचिसकेपछि साहुको ऋण तिर्न वा खानेकुराको जोहो गर्न अब थप सम्भावना बाँकी रहेन भन्ने बोध उनलाई भयो ।

तर त्यसपछि के भयो भन्ने कुराले सबैलाई प्रेरित गर्छ ।

ऋणको जाल
मृत्यु हुनुअघि सेल्भम र उनका पतिले भारतको दक्षिणी राज्य तालिमनाडुको एउटा इँटाभट्टामा काम गर्थे । त्यो कमाइले केवल उनीहरूको साना बालबच्चासहितको परिवार पाल्न मात्रै काफी हुन्थ्यो। उनीहरूले जीवनमा त्योभन्दा बढी चाहे । आफ्नै इँटाभट्टा खोल्नका लागि उनका श्रीमान्‌ले ऋण लिए। तर योजना अनुसार सफल भएनन् । निराश भएर गत वर्ष उनले आत्महत्या गरे। त्यसपछि ऋणको पूरा भार सेल्भममाथि आइलाग्यो ।

तीन सन्तानको पालनपोषण मात्रै नभई असफल भएको व्यापारका लागि लिइएको पैसा गर्ने दबाबमा पनि उनी परिन् । “काम गर्न जाँदा म दिनको दुई सय रुपैयाँ पाउँछु जुन परिवार चलाउनका लागि पर्याप्त हुँदैन,” सेल्भमले भनिन् । त्यसपछि उनी बिरामी भइन्। उनले पहिले जति कमाउन सकिनन् । “म इँटाको गह्रुँगो भारी बोक्न सक्दिनँ। ज्वरोले गर्दा म धेरै समय घरमै बसेँ ।

perminewsविकल्परहित अवस्था

उनी तीन महिनाका लागि बिरामी भइन्। तिर्नुपर्ने ऋण धेरै भयो र खानेकुराका भाँडा रित्तियो । “मेरो सात वर्षको छोराले एक दिन स्कुलबाट आएर खानेकुरा माग्यो,” उनी भन्छिन् । “त्यसपछि भोक लाग्यो भनेर रुन थाल्यो ।” सेल्भमसँग बेचेर पैसा आउने केही थिएन ।

“मसँग १० रुपैयाँ पनि थिएन। केही प्लास्टिकका बाल्टी मात्रै थिए ।” “कपाल किन्ने गरेको एउटा पसल सम्झिएँ,” सेल्भमले भनिन् । विश्व बजारमा मानिसको कपाल निर्यात गर्ने भारत एउटा मुख्य निर्यातकर्ता हो । केही हिन्दु धर्मावलम्बीहरू मन्दिरमा आफ्नो मनोकामना पूरा भएको ठानेपछि कपाल खौरिन्छन् ।

premi india newsआत्महत्याको निर्णय

“म त्यही पसलमा गएँ र १५० रुपैयाँमा पूरै कपाल बेचेँ ।” त्यो पैसा त्यति धेरै नलाग्न सक्छ। त्यति पैसाले एउटा ठूलो सहरको रेस्टुराँमा केवल एक छाक खाना खान पुग्ला । तर सेल्भमको गाउँमा भने उनले त्यति पैसामा धेरै कुरा किन्न सकिन्छ । “मैले तीनजना बच्चाका लागि २० रुपैयाँ पर्ने प्याकेटमा भएको पाकेको भात किनेँ,” उनले भनिन् । तर त्यस्तो राहत अस्थायी थियो। सेल्भमसँग अब अरू केही विकल्प थिएन । र, उनले थप उपायहरूबारे सोच्न थालिन् ।

निराश
आत्महत्या गर्ने सामान किन्न उनी नजिकैको एउटा पसल पुगिन्। तर उनको दुखी अवस्था देखेका पसलेले केही पनि बेचेनन् ।
घर फर्किएर सेल्भमले आत्महत्याको अर्को उपाय खोज्ने निर्णय गरिन् । तर छिमेकमा रहेकी उनकी बहिनी त्यतिबेला नै आइपुगिन् र सेल्भमलाई आत्महत्या गर्नबाट रोकिन् । त्यसको केही दिनपछि अनपेक्षित रुपमा उनलाई एउटा सहयोग मिल्यो ।

baba garungदुखको अनुभव

प्रेमाको त्यस्तो अवस्थाबारे बाला मुरुगनले आफ्ना एक साथीबाट थाहा पाए जो त्यही क्षेत्रमा एउटा इँटाभट्टा चलाउँछन् । प्रेमाको अवस्था सुन्ने बितिक्कै मुरुगनले आफ्नो परिवारले गुजारेका कठिन दिनहरू सम्झिए । गरिबीले मानिसलाई कुन हदसम्म पुर्‍याउँछ भन्ने मुरुगनले १० वर्षकै उमेरमा थाहा पाएका थिए । त्यतिबेला उनको परिवारमा पनि खानका लागि केही थिएन । उनकी आमाले चामल किन्नका लागि पुराना किताब र पत्रिकाहरू तौल जोखेर बेचेकी थिइन् । चरम निराशाको अवस्थामा मुरुगनकी आमाले सन्तानसँगै आफू पनि मर्ने निर्णय गरेकी थिइन् । तर अन्तिम अवस्थामा उनको मन परिवर्तन भयो । उनका परिवारले उनलाई अस्पताल दौडाए र उनी बाँचिन् । जुन अवस्थामा मुरुगन हुर्किएका थिए अहिले त्यो अवस्थाबाट धेरै माथिको जीवन उनी बाँचिरहेका छन् । वर्षौंको सङ्घर्षपछि अहिले उनी गरिबीको अवस्थामा छैनन् । उनले एउटा कम्प्यूटर ग्राफिक्स केन्द्र सञ्चालन गरिरहेका छन् ।

premi childian

सहयोग
मुरुगनले सेल्भमलाई भेटेर आफ्नो सङ्घर्षका कथा सुनाए र आशा नमार्न सुझाए । आफ्ना साथी प्रभू र उनले मिलेर प्रेमालाई खानेकुरा किन्न केही पैसा दिए । त्यसपछि सेम्भमको परिवारको अवस्थाबारे सामाजिक सञ्जालमा लेखे । “एक दिनमा मैले एक लाख २० हजार भारतीय रुपैयाँ प्राप्त गरेँ । यो कुरा जब मैले प्रेमा सेल्भमलाई भनेँ उनी निकै खुसी भइन् र यति रकमले त आफ्नो धेरैजसो ऋण तिर्न पुग्ने बताइन्,” उनले  भने । तर प्रेमा सेल्भमको अनुरोधमा त्यसरी पैसा उठाउने काम रोकियो । “उनले आफू काममा फर्किएर बाँकी पैसा तिर्छु भनिन्,” मुरुगनले व्याख्या गरे । सेल्भमले छुट्टाछुट्टै साहुलाई गरी अहिले महिनामा ७०० रुपैयाँ तिर्नुपर्छ । जिल्लाका अधिकारीहरूले उनलाई दुध बेच्ने काम व्यवस्था गरिदिने वाचा गरेका छन् । उनको अवस्था बिस्तारै सुध्रिदैछ। तर दुखको कुरा भारतमा उनको अवस्था मात्रै फरक खालको होइन । भारतको आर्थिक वृद्धि राम्रो हुँदाहुँदै पनि लाखौं मानिसहरू दुई छाक पेट भर्न सङ्घर्ष गरिरहेका छन् । विश्व ब्याङ्कका अनुसार चरम गरिबी भएका मानिसहरू धेरै रहेको देशमा भारत दोस्रो नम्बरमा पर्छ । त्यस्ता मानिसहरू दिनमा दुई सय भारतीय रुपैयाँभन्दा कम कमाउँछन् ।

premi babyआत्मविश्वास

सेल्भमको अर्को अप्ठ्यारो भनेको भारतका करोडौं मानिसहरू जस्तै उनी पढ्न वा लेख्न जान्दिनन् । परिणामस्वरुप भारत सरकारले उनीजस्ता गरिबका लागि ल्याएको योजनाबारे बेखबर छिन् । “मलाई आत्महत्या गर्छु भन्ने मेरो निर्णय गलत थियो भन्ने लाग्छ,” प्रेमा सेल्भमले भनिन् । “अब बाँकी ऋण तिर्न सक्छु भन्ने आत्मविश्वास मसँग छ । बीबीसी

प्रतिक्रिया

सम्बन्धित