राति कामुक सपना देख्नुहुन्छ? यस्ताे हुनसक्छ कारण

एजेन्सी र राति सुतेपछि हरकोहीले बेलाबेला सपना देख्छन्। कसैले बिहान उठ्दा सपना सम्झिन्छन् भने कसैले बिर्सिन्छन् ।तर देख्न चाहिँ सबैले सपना देख्छन् नै ।मनोवैज्ञानिकहरूका अनुसार हामीलाई रातभरि सपना आउँदैन तर एक खास समयमा भने पक्कै आउँछ । त्यतिखेर हाम्रो मस्तिष्क सपना बुन्नमा व्यस्त हुन्छ ।

किन आउँछ कामुक सपना ?

केही मान्छे सेक्सका बारेमा हरदम सोचिरहेका हुन्छन्। सेक्स गर्ने हिम्मत नभएका यस्ता मान्छेले मनमा कुरा दबाएर बसिरहेका हुन्छन् ।
युवाहरूलाई सेक्सको सपना आउनु आश्चर्यको कुरा हैन तर बुढाबुढीलाई समेत यस्तो सपना आउन सक्छ । सेक्सको सपना उमेर बढ्दै जाँदा झन् झन् आउँछ । अत्यधिक रचनतात्मक मान्छेलाई पनि सेक्सको सपना आउँछ ।

पूर्वप्रेमीसँग सेक्स गरेको सपना
तपाईंले नचाहे पनि पूर्वप्रेमी वा प्रेमिकासँग सेक्स गरेको सपना तपाईंले देख्न सक्नुहुन्छ । मनोवैज्ञानिकहरूका अनुसार प्रेमीहरू भूपू भएपनि सपनामा त उनीहरू आफ्नै हुन् नि भन्ने सोच व्यक्तिमा निहित हुन्छ । उनीहरूसँगको पुरानो याद अचेतनमा रहिरहेको हुन्छ ।

हाकिमसँग सेक्स
कहिलेकाहीँ हामी आफ्नो हाकिमको लट्टु भएका हुन सक्छौं । मनोवैज्ञानिकहरूका अनुसार हामी आफ्नो हाकिम जस्तै बन्न चाहने इच्छा मनमा पाल्दा यस्तो सपना देख्न पुग्छौं । हाकिमले एउटा अफिस नै हाँक्ने हुनाले हामीहरू ऊप्रति आकर्षित हुन्छौं ।

जनावरसित सेक्स
सेक्स जो वा जेसँग पनि गर्न मन लाग्छ मान्छेलाई । बिजुलीको पोलदेखि सडकको खाल्डोसम्मलाई नछोड्ने मान्छे पनि भेटिन्छन् । कसैकसैलाई जनावरसँग सेक्स गरेको सपना आउन सक्छ । यस्तो सपना आउने मान्छे आफूमा मानसिक समस्या छ कि क्या हो भनेर आत्तिन सक्छ । तर मनोवैज्ञानिकहरूका अनुसार दामी सेक्स गर्न मन भएका मान्छेले जनावरसँग सेक्स गरेको सपना देख्छन् ।

कलाकारसँग सेक्स
हरेक व्यक्तिलाई कोही न कोही प्रसिद्ध कलाकार मन पर्छ नै । अनि उनीहरूसँग सेक्स गरेको सपना पनि आउन सक्छ । यस्ता सपना देख्ने मान्छेका बारेमा मनोवैज्ञानिकहरूको के मत छ भने तिनीहरू जिन्दगीमा केही गर्न चाहँदैनन्, खालि स्वैरकल्पनामा बस्न चाहन्छन् ।

एलियनसँग सेक्स
कहिलेकाहीँ हाम्रो सपनामा एलियन आउँछन् र हामी उनीहरूसँग क्रीडा गर्छौं । हैन हामीले के गरेको यो जस्तो पनि लाग्छ । मनोवैज्ञानिकहरूका अनुसार सेक्समा रोमाञ्चको चाहना गर्नेहरू यस्तो सपना देख्छन् । सपना जस्तो भएपनि सपना नै हो ।

प्रतिक्रिया

सम्बन्धित