बैवाहिक सम्बन्ध बलियो बनाउन यी ५ कुरामा ध्यान दिनुहोस्

अहिलेको खुल्ला समाज, पति पत्नी दुबैको रोजगारीको अवस्था तथा आबद्धता जस्ता विषयहरु पारिवारिक खटपटका लागि निकै जिम्मेवार हुने गरेका छन् । त्यसै कारण सम्बन्धलाई जोगाउन, टिकाउयुक्त बनाउन धेरै कुराहरुलाई बुझ्नु आवश्यक छ ।

दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध दीगो बनाउने पाँच उपाय यस्ता छन्ः

१.माफी
विवाह तथा प्रेमको मामिलामा प्रायः मानिसहरु रिस तथा इगोमा परेर कतिपय अप्रिय निर्णय गर्दछन् जसले आपसी सम्बन्धलाई बिगार्दछ। त्यसैले सदैव आफ्नो गल्तीलाई स्विकार्ने बानी बसाल्नुपर्छ। झगडा बढ्दा आफु शान्त हुने उपाय अपनाउनुपर्छ। माफ गर्नुस् तथा धन्यवाद भन्ने जस्तो शब्दहरु झगडा हुँदा प्रयोग गर्न सबैलाई गाह्रो हुन्छ। तर आफुले गल्ती गरेको बेला माफी माग्न नहिच्किचाउनुहोस् ।

२.समय
कुनैपनि नाता सम्बन्धलाई जिवनभर सम्हाल्नका लागि त्यसमा समय त खर्च गर्नैपर्ने हुन्छ । त्यसैले आफ्नो पार्टनरका लागि उचीत मौकामा पर्याप्त समय दिनुहोस् । गरेको बाचा पूरा गर्ने गर्नुहोस् । समयको सदैव ख्याल गर्नुहोस् ।

३.एक अर्काको कुरा बुझौं
कुराकानीको क्रममा वादविवाद हुनु हरेक दम्पत्तिमा सामान्य कुरा हो। कतिपय अवस्थामा विचारमा टकराव पनि आउन सक्दछ, जसले सम्बन्धलाई नै टुटाइदिन सक्छ। त्यसैले विचार तथा अडानमा लचिलो बन्ने र एक अर्काको कुरा तथा भावनालाई बुझ्ने कोसिस गर्नुपर्छ।

४.विश्वास
हरेक समय आफ्नो पार्टनरमा शंका गर्नु ठीक हुँदैन, न त पार्टनरमा अन्धविश्वास गर्नु नै ठीक हो। एक अध्ययन अनुसार ७० प्रतिशत विवाहित पुरुषहरु परस्त्रीसँगको सम्बन्धमा हुन्छन् भने ५० प्रतिशत विवाहित महिलाहरु पनि परपुरुषसँगको सम्बन्धमा रहेका हुन्छन्।

५.यौन जिवन
अधिकतम विवाहित जोडीहरुबीचको अन्तरंग सम्बन्धमै उत्पन्न हुने खराबीका कारण उनीहरुको सम्बन्धमा खाडल उत्पन्न हुने गर्दछ। त्यसैले दाम्पत्य सम्बन्धलाई दिगो बनाउनका लागि सुखमय यौन सम्बन्धलाई पनि मजबुत बनाउनुपर्छ।

प्रतिक्रिया

सम्बन्धित