मानिसको मृत्यु हुनु अघि देखिन्छन् यस्ता लक्षण

सृष्टिको नियम नै छ- पृथ्वीमा जन्म लिएपछि मृत्यु अवश्यम्भावी छ । शरीर छोडेर एक दिन न एक दिन परलोक जानै पर्छ । धर्म ग्रन्थहरुमा हाम्रो शरीरको मात्र मृत्यु हुने तर आत्म भने अमर हुने उल्लेख छ । पुराणमा मानिसको मृत्यु हुनुअघि देखिने ९ लक्षणबारे चर्चा गरिएको पाइन्छ । जसलाई यसरी ९ बुँदाहरुमा व्याख्या गर्न सकिन्छ ।

१. जुन कुनै व्यक्तिको पानीमा वा तेलमा छायाँ देखिन छोड्छ वा मधुरो देखिन थाल्यो भने यो मृत्यु निकट भएको संकेत हो । छाँया हराउन थालेपछि मृत्यु निकट भएको बुझ्नुपर्छ ।

२. मृत्यु निकट भएपछि मानिसको आँखामा ज्योति कम हुँदै जान्छ । नजिक बसेका व्यक्ति पनि देखिन छोडे वा चिनिन छोडे भने पनि मृत्यु निकट आएको बुझिन्छ ।

३. जीवनमा गरिएका राम्रा र नराम्रा कर्म अनुसार मृत्यु नजिक भएपछि मानिसको आँखामा त्यस्ता कुरा घुम्ने गर्छन् । फिल्ममा पुराना कुरा देखाइएको जस्तै जीवनका राम्रा र नराम्रा कर्म आँखा अगाडि आउँछन् ।

४. जसको कर्म निक्कै राम्रो छ उसको आँखामा मृत्यु हुनु अघि प्रकाश देखिन्छ । यस्ता व्यक्ति मृत्युको समयमा निश्चिन्त देखिन्छन् ।

५. गरुड पुराणका अनुसार मृत्युको घडी नजिकिएपछि यमराजका दुत मृत्यु हुने व्यक्तिको नजिक देखिन्छन् । मृत्यु हुन लागेका व्यक्तिले मात्र यस्ता भयंकर जीवको दृष्य देख्छ ।

६. पाप कर्म धेरै गरेका व्यक्तिका सामने यमदुतहरु डरलाग्दा देखिन्छन् । यस्ता व्यक्ति मृत्यु हुने समयमा डराएको देखिन्छ ।

७. शरीर त्याग गर्ने समयमा मानिसको आवाज हराउँछ । बोल्न खोजे पनि बोली आउँदैन । कसैले घाँटी च्याँपे जस्तो आवाज आउँछ ।

८. गरुण पुराणका अनुसार आत्मा जीवनका सबै घटनाको अर्थात् कर्मको आफ्नो साथमा लिएर शरीर त्याग गरिदिन्छ । अभौतिक शरीरलाई आफूले गरेका खराब कर्मको प्रायश्चित गर्न यमराजको ढोकामा उपस्थित गराइन्छ ।

९. उक्त पुराणका अनुसार मृत्युपछि पापी मनुष्यलाई २४ घण्टामा यमदूतले वायुमार्गबाट यमलोकमा पुर्‍याउँछन् । यमराजले कर्मअनुसार नर्कमा सजायँ सुनाउँछन् ।

विभिन्न अनलाइनहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित