यसरी खानुस् जिरा, मोटोपन घट्छ

जिरा तौल घटाउन सहयोग गर्ने मसला हो। थोरै मात्रामा पनि नियमित जिरा सेवन गर्दा पाचन पक्रियामा सहयोग पुग्छ। आयुर्वेदमा शताब्दीऔँ देखि प्रयोग गरिदै आएको जिरामा ‘हिलिङ’ गुण अर्थात निको पार्ने गुण हुन्छ। पानीसंग यसलाई खाँदा ‘क्यालोरी वर्न’ गर्छ अर्थात मोटोपन घटाउँछ। यसरी खान सकिन्छ जिराः

१. कम क्यालोरीः एक चम्चा जिरामा करिब ७ क्यालोरी हुन्छ। जिरा पानीसंग पिउँदा शरिरलाई धेरै तवरले फाइदा पुर्याउँछ, तर तौल बढाउँदैन।

२. पाचनमा सहयोगः तौल सन्तुलित हुन राम्रो पाचन क्रिया हुन जरुरी छ। जिराले शरिमा चिल्लो (फ्याट) टुक्याउँछ, सुगर अनि कार्बोहाइड्रेड टुक्र्याएर पाचन क्रिया सहज गरिदिन्छ। जसले तपाइको मेटाबोलिजम बढाउँछ, अर्थात शरीर फिट रहन्छ।

३. फ्याट वर्नः जिराले शरीरमा भएको चिल्लोको मात्रा घटाएर शरीर स्लिम राख्छ।

४. भोक घटाउँछः धेरै भोक लाग्छ भने जिरा भोक घटाउने राम्रो उपाय हुनसक्छ। दैनिक ए‍क चम्चा जिरा पानीसंग पिउने गर्नुस् तपाइको खानेकुराको खपत कम हुन्छ।

प्रतिक्रिया

सम्बन्धित