एसियाकै सबैभन्दा धनि मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

अम्बानी परिवार धनि हुनुका साथै उनीहरुको आफ्नो शोख पनि निकै फरक र महङ्गो हुने गर्छ । त्यसैले त अम्बानीले आफ्नो ११ हजार करोडको घर बनाएका छन् । जसको नाम ‘एन्टीलिया’ राखिएको छ । तर अचम्मको कुरा यो छ कि उक्त घरमा एसीको व्यवस्था भने गरिएको छैन ।

भनिन्छ कि मुकेश अम्बानीले आफ्नो घरको नाम अन्टार्कटिकाको एक द्वीप को नाम बाट घरको नाम एन्टीलिया राखिएको छ । यो घर मुम्बईमा रहेको छ । यो घर हेर्दा निकै फरक रहेको छ । यो घर यति ठूलो छ कि यो घरको हेरचाह गर्नको लागि ६०० मानिस राखिएको छ ।

महलजस्तै यो घरलाई यसरी बनाइएको छ कि यो घरभित्र तापमान आफै सेट गर्न मिल्छ जसको कारण घर सधैँ शितल नै रहन्छ किनकी घरको झ्यालले एनर्जी ग्रहण गर्न सक्छ र घरलाई चिसो राख्छ ।

जसको कारण एन्टीलियामा ऐसीको कुनै काम छैन । जति ठूलो घर उति नै धेरै विजुलीको खपत हुनुपर्ने तर मुकेश अम्बानीको एन्टीलियामा यस्तो कुनै समस्या छैन ।

किनकी घर यस्तो तरिकाले डिजाइन गरिएको छ कि यहाँ बिजुलीको खपत कम हुन्छ । यस घरमा हर तरिकाबाट सुख सुविधाको व्यवस्था गरिएको छ । यो घरलाई ८ रेक्टर स्केलको भूकम्पले पनि कुनै क्षति नपुर्याउने बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित