स्वीट १९ औ जन्मदिन मनाउँदै हिमानी–पारसकी छोरी, तस्वीरहरूसहित. . .

काठमाडौं / पुर्व युवराज पारस अहिले मोडल सोनिका रोकायासहित पोखरामा रमाइरहेका छन् । अर्को तिर पुर्व युवराज्ञी हिमानी शाह भने सामाजिक काममा व्यस्त छिन् । उनीहरुकी जेठी छोरी पुर्णिका शाह आजकाल सामाजिक सञ्जालमा निकै नै सक्रिय छिन् । उनको आज जन्मदिन परेको छ । उनलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामनाको लहर लागेको छ । पुर्णिका २०५७ साल मंसिर २७ गते जन्मिएकी हुन् । एसईईपछि उनी थाईल्याण्डको युनाईटेड वल्ड कलेजमा पढ्दैछिन् ।

उनी सामाजिक सञ्जालमा बिशेष अवसरमा शुभकामना दिने,ब्यंगात्मक स्टेटसहरु समय समयमा पोष्ट गर्ने गरिरहन्छिन् । आमा हिमानी जत्तिकै सुन्दर मात्रै नभई विचार पनि उस्तै भएकी उनले आफ्ना केही तस्विरहरु समेत सामाजिक सञ्जालमा पोष्ट गर्दै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित