ग्यास्ट्रिक देखि अपच सम्म यसरी प्रयाेग गर्नुहाेस् लसुन

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ । यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ ।

लसुनका सामान्य लाभ

आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ । पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ । गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ ।

लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ । क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ ।

रोगका उपचारमा लसुनको प्रयोग

उच्च रक्तचाप : उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ । यसरी लसुन खाँदा एकै पटक नखाएर पटकपटकको खानासँगै खानु राम्रो हुन्छ ।

ग्यास्ट्रिक : पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २,३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ ।

चिलाउने समस्या : – सामान्य प्रकारको छालाको चिलाउने रोग जस्तैः– दाद, एक्जिमा आदिमा लसुनको रस लगाउनु लाभकारी हुन्छ ।
– लसुनको रस र कागती समभाग राखी कपासको माध्यमले दिनको ३÷४ पटक चिलाउने घाउ पुछ्ने गर्दा चिलाउने कम हुन्छ ।

अपच : खानासँगै ३\४ केस्रा लसुन बिहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित