मोबाइलको गलत प्रयोगले महिलामा यौन इच्छामा कमी

एजेन्सी / यौन तथा प्रजनन् स्वास्थ्यमा धेरैले ध्यान दिदैनन् । तर हामीले दैनिक गर्ने धेरै क्रियाकलापले हाम्रो यौन तथा प्रजनन् स्वास्थ्यमा नकरात्मक असर गरिरहेको हुन्छ ।

मोबाइलको गलत प्रयोगले यौन तथा प्रजनन् क्षमता घट्ने गरेको विभिन्न अध्ययनमा देखिएको छ । हालै बेलायतमा गरिएको एक अध्ययनअनुसार यौन अंग नजिक पकेटमा मोबाइल राख्नेहरुमा यौन चाहना मात्र होइन, उनीको क्षमतासमेत कमी आएको पाइएको छ ।

मोबाइलबाट निस्कने रेडिएसनले शरीरको यौन तथा प्रजनन् क्षमतामा असर गरेको अध्ययनको निष्कर्ष छ । पुरुषको स्पर्ममा कमी र महिलाको यौन चाहनामै कमी आउने अनुसन्धानकर्ताको निष्कर्ष छ ।पछिल्लो समय महिलाले पनि पाइन्टको पछिपट्टीको खल्तीमा मोबाइल राख्छन् । जसले उनीहरुको यौन इच्छामा मनोवैज्ञानिक रुपमा असर गर्छ ।

प्रतिक्रिया

सम्बन्धित