सन्तानपछिको यौन जीवन कस्तो होला ?

सन्तान पछिको यौन जीवन कस्तो होला धेरैको मनमा यस्तो प्रश्न हुन सक्छ । बच्चा जन्मिसकेपछि पार्टनरसँग औसत दुई महिनापछि हुने यौन सम्पर्कले जोडीलाई अझै बढी माया साटासाट गर्ने अवसर दिने नयाँ अध्ययनले देखाएको छ ।

१ हजार १ सय १८ अभिभावकमा गरिएको एक अध्ययनमा ९४ प्रतिशतले आफ्नो यौन जीवनबाट पूर्ण सन्तुष्ट रहेको बताए भने ६० प्रतिशतले सन्तान जन्मेपछिको यौन जीवन सुखद हुने बताए । नयाँ अभिभावकले औसतमा ५८ दिनपछि आफ्ना पार्टनरसँग यौन सम्पर्क गर्ने गरेको अध्ययनले जनाएको छ । बच्चा जन्माएपछि आफ्नो सौन्दर्यमा खोट आउन सक्नेतर्फ अधिकांश महिला सचेत भएको र आफ्ना पार्टनरले मन पराउँदैनन् कि भन्नेतर्फ डराएको पनि अध्ययनमा उल्लेख छ ।

बेलायती अभिभावकहरुसँग सम्बन्धित वेबसाइट च्यानल ममले गरेको सो अध्ययनमा बच्चा जन्माएपछि महिला भरिपूर्ण र पुटुक्क हुने अनि उनीहरुको शारीरिक संरचनालाई झनै मन पराउने गरेको उल्लेख छ । बच्चा जन्माएपछि १४ प्रतिशत महिला मात्र आफ्नो शरीरप्रति बढी आत्मविश्वासी हुने गरेको अध्ययनलाई उद्धृत गर्दै डेली मेलले जनाएको छ । ‘बच्चा भएपछि तपाईंको सम्बन्धमा नयाँ परिवर्तन हुन्छ ।

तसर्थ बच्चा जन्मिएपछि जोडीहरुलाई झनै नजिक ल्याउँछ,’ च्यानल ममकी संस्थापक सायोभान फ्रिगार्डले भनिन् । बच्चा जन्माएको लामो अन्तरालपछि महिलाभन्दा पुरुषले बढी सेक्स गर्न खोज्ने अनुसन्धानमा देखाइएको छ । बच्चा जन्माएपछिको प्रारम्भिक सेक्स अवधिमा पुरुषले साताको दुईपटक र महिलाले केवल एकपटक यौनकार्य गर्न चाहेको अध्ययनमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित