विश्वमा कुन कुन पोजिसनमा गरिन्छ शौच ?

अहिले विश्वका अधिकांश देशहरुमा शौच गर्दा बसेर गर्ने चलन छ । विश्वमा दुई किसिमको पोजिसनमा शौच गर्ने चलन छ । एउटा शौचालयमा बनाईएको प्यानमा टेकेर शौच गर्ने चलन र अर्काे कमोडमा बसेर शौच गर्ने चलन । चीनबाट अमेरिकामा गएर बसेका क्यासर क्ओको बुझाईमा चीनमा हान साम्राज्यको समयसम्म दुबै किसिमको शौचालयहरु प्रयोगमा थियो । आज पनि दुबै किसिमको शौचालय प्रयोग हुने गरेको छ । यद्यपि विश्वका अलग अलग मुलुकहरुमा आ-आफ्नै शैलीका शौचालयहरु प्रयोगमा आउने गरेको पाईन्छ ।

एक अनुमानका अनुसार दुनियाँको दुई तिहाई व्यक्तिहरु दुई खुट्टा टेकेर शौचालयमा बस्ने गर्दछन् । यो सरसफाईमा ध्यान दिने व्यक्तिहरुको लागि पनि उपयोगी हुने गर्छ । यसबाट किटाणुहरुको इन्फेक्सन हुने सम्भावना पनि कम हुन्छ । बि्रटेनका अधिकांश महिलाहरु यही प्रकारको शौचालयको प्रयोग गर्ने गर्दछन् । यो शैलीमा शौच गर्दा शौच हुने प्रक्रिया पनि सहज हुने गरेको छ ।

उता, अमेरिकामा त शौचमा जानु समेत मनोरञ्जनको माध्यम बन्ने गरेको छ । कोही शौचालयमा नै अखबार लिएर जाने गर्छन् । कोही किताब लिएर शौचालय जाने गर्छन् । शौचालयमा मोबाइल लिएर भिडियो गेम खेल्दै उनीहरु जाने गर्दछन् । यद्यपि नेपालमा पनि केही सम्भ्रान्त वर्गका मानिसहरुमा यो शैलीको विकास भइसकेको छ भने मध्यम वर्गीयहरुको हकमा शौचालयमा यस्ता सामानहरु लिएर जानु असभ्य शैली मान्ने गरिएको छ ।

चीन र भारतका पनि मध्यम वर्गीयहरुले यसलाई राम्रो मान्ने गरेका छैनन् । पश्चिमाहरु समय बचाउनको लागि शौचालय जाँदा पनि किताब, अखबार जस्ता सामग्रीहरु लिएर जाने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित