दँशैमा आलुको अचार खाने हो ? यसरी बनाउनुहोस घरमै मिठो आलुको अचार

इटहरी / आलुलाई तरकारीको राजा पनि भन्ने गरिन्छ । यसबाट धेरै परिकार बनाउन सकिन्छ । आलुको अचार बनाउन यस्ता सामग्री हालिन्छ । आलु १ केजी, प्याज ३ वटा, गोलभेंडा ठूलो ३ वटा, हरियो खुर्सानी ६–७ वटा, अदुवा सानो टुक्रा, नुन स्वादअनुसार, कागती १ वटा, जिराको धूलो १ चम्चा, हरियो धनिया ।

विधि : आलु उसिनेर बोक्रा निकाली एउटै सेपमा काट्ने । काचो प्याजलाई राउन्ड सेपमा गरी काट्ने । गोलभेंडा त्यही सेपमा काट्ने । हरियो खुर्सानीलाई चिरा पारेर काट्ने । अदुवालाई मसिनो गरी काट्ने ।

त्यसमा नुन, कागती, जिराको धूलो एवं हरियो धनिया“ सबैलाई ठूलो बाटामा राखेर मिक्स गर्ने । भुटेको तोरीको तेल हालेर सबैतिर पस्ने गरी मोल्ने ।त्यसपछि त्यसलाई राम्रोसंग चलाउने र छोपेर राखने । यति गरेपछिआलुको अचार तयार हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित