ओरल सेक्स : भ्रम र यथार्थ

मुख मैथुनलाई लिएर समाजमा भ्रम रहेको छ । यसै कारणले कतिपय जोडीले खुलेर यौन जीवनको मज्जा लिन पाइरहेका हुँदैनन् । आउनुहोस्, मुख मैथुनसँग जोडिएका सातवटा ठूलो भ्रमका बारेमा आज हामी वास्तविकता बताउँछौं ।

१) कुमारीत्व लुटिने डर : भ्रमः मुख मैथुन गर्नाले कुमारीत्व गुम्न सक्छ । सत्यः कुमारीत्व केवल फिजिकल पेनेट्रेशनको (यौनसम्पर्क) को स्थितिमा नास हुन्छ वा हुन सक्छ । मानिसहरुले वैज्ञानिक तरिकाले सोच्नु पर्छ । र भावनात्मक तर्क र सन्देहहरु हटाउन जरुरी छ । मुख मैथन गरेर तपाईको केवल मानसिक रुपमा कुमारीत्व नास हुने हो । न कि भौतिक रुपमा ।

२) गर्भवती हुने डर : भ्रमः मुख मैथुनले गर्भ रहन सक्छ । सत्यः गर्भधारणका लागि पुरुषको शुक्रकीट र महिलाको डिम्बासयबीच मिलाप हुन जरुरी छ । जुन मुख मैथुनबाट सम्भव छैन । मुख मैथुनका क्रममा या त शुक्रकीट मुखमा जान्छ वा अनेत्र स्खलित हुन्छ । यी शुक्रकीट डिम्बसँग मिलन हुनै पाउँदैनन् ।

३) स्वास्थ्यका लागि हानीकारक : भ्रमः मुख मैथुन जहिले पनि स्वास्थ्यका लागि राम्रो हुँदैन । सत्यः विचारनीय कुरा के छ भने कुनै पनि व्यक्तिको निजी स्वास्थ्य उसको दैनिक गतिविधि र बानी व्यवहारमा निर्भर हुन्छ । तपाई जति सफाइ रहनुहुन्छ स्वस्थ रहने सम्भावना बढी हुन्छ । यसका लागि मुख मैथुनको कुनै सरोकार हुँदैन । त्यसैले मुख मैथुन स्वास्थ्यका लागि हानिकार त्यतिबेला हुन्छ, जतिबेला नयाँ यौनसाथीसँग गरिन्छ । यदि दुई जनाबीच नियमित रुपमा मुख मैथुन गरिन्छ भने यसले स्वास्थ्यलाई कुनै हानी गर्दैन ।

४) चरम आनन्द प्राप्त हँदैन : भ्रमः मुख मैथुनले चरम आनन्द प्राप्त हँदैन । सत्यः डा. शिवानीका अनुसार ओरल सेक्सको समयमा क्लिटोरिस (महिला यौंन अंगको संवेदनशील भाग) उत्तेजित हुनाले चरम आनन्द आउँछ । यो आनन्द पुरुषलाई पनि उत्तिकै आउछ । यो समयमा रसको आदान–प्रदान हुनाले एकअर्कामा संक्रमण फैलने जोखिम बढी हुन्छ । यसको ख्याल दुवै पार्टनरले गर्नुपर्छ । आफूमा कुनै सक्रमण भएको अवस्थामा सचेत बन्नुपर्छ ।

५) भेजाइनल सेक्सको विकल्प ओरल सेक्स : भ्रमः केहीले भेजाइनल सेक्सको विकल्पका रुपमा ओरल सेक्सलाई लिएको पाइन्छ । सत्यः ओरल सेक्सबाट आनन्द त मिल्छ । तर, यो भेजाइनल सेक्सको विकल्पकै रुपमा लिन सकिँदैन ।

६) ओरल सेक्समा कण्डमको प्रयोग : भ्रमः ओरल सेक्समा कण्डमको प्रयोग गर्न सकिंदैन । सत्यः ओरल सेक्समा कण्डम प्रयोग गर्न सकिन्छ र सबैभन्दा धेरै फ्लेवरका कण्डम ओरल सेक्सकै लागि भनेर बनेका हुन्छन् । तर, धेरैलाई यसको जानकारी नै छैन । कतिलाई ओरल सेक्सको समयमा कण्डमबाट निस्कने लुब्रिकेसनले हानी गर्छ भन्ने लाग्छ । लुब्रिकेसनले कुनै हानी गर्दैन । बरु यसले अन्य संक्रमणबाट बचाउँछ ।

७) कुनै संक्रमण हुँदैन : भ्रमः मुख मैथुन पूर्ण सुरक्षित छ । यसले एसटीआई हुँदैन । यो धारणा बनिसकेको छ कि एचआइभी र अन्य यौन संक्रमणबाट बच्न मुख मैथुन सबैभन्दा उपयुक्त विकल्प हो । सत्यः तर वास्तवमा मुख मैथुनका क्रममा रसको आदान–प्रदान हुन्छ जसका कारण संक्रमण फैलिने जोखिम रहन्छ । हो, मुख मैथुनले तपाईलाई गम्भीर यौन रोग नहुन सक्छ । तर, इन्फेक्शन भने हुन सक्छ । इन्फेक्शनको उपचार एन्टिबायोटिक्सको सहयोगमा समाधान गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित