सावधान ! फेन्सी पसलको लुगा फेर्ने रुममा क्यामेरा त छैन ?

जमना बद्लिएको छ। साथै मान्छेको नियत पनि। त्यसैले हिजोको दिनमा तपाईं जति निर्धक्क र ढुक्क हुनुहुन्थ्यो, आज अरु सचेत र सर्तक हुनेबेला आएको छ। किनभने तपाईंमाथि थाहै नपाई अरुले कुकृत्य गर्न सक्छन्। तपाईंमाथि थाहै नपाई भावनात्मक खेलबाड हुनसक्छ। तपाईं थाहै नपाई मजाकको पात्र बन्न सक्नुहुन्छ। कुनै सपिङ मल वा सामान्य पसल, जहाँको पनि हुनसक्छ। ट्रायल रुम तपाईंको लागि असुरक्षित हुनसक्छ। अरुले प्रयोग गर्ने वा सार्वजनिक शौचालय, जहाँ तपाईं गोप्य नरहन पनि सक्नुहुनेछ। तपाईंको गोपनियता बाहिरिन सक्छ।

त्यती मात्र होइन, कुनै शारीरिक परीक्षणका लागि तपाईं क्लिनिकमा जानुहुन्छ भने त्यहाँ पनि पूर्णत सुरक्षित हुनुहुन्छ भन्ने छैन। कतिपय शारीरिक परीक्षणको बेला तपाईंमाथि दूव्र्यवहार हुनसक्छ। सार्वजनिक यातायात, सार्वजनिक पार्क, होटल-लज, यी सबै कुरामा तपाईंले आफ्नो गोपनियताका लागि विशेष सर्तकता अपनाउनैपर्छ। नभए तपाईंको नितान्त व्यक्तिगत कुरा बाहिरिन सक्छ। मानौ तपाईं कुनै पसलमा लताकपडा किनमेलका लागि जानुहुन्छ। कपडा लिएर ट्रायल रुममा प्रवेश गर्नुहुन्छ। लुगा फेर्नुहुन्छ। नयाँ लुगाले कस्तो देखिन्छ ? आफैलाई नियाल्नुहुन्छ। हो, यतिबेला तपाईं सर्तक रहनुपर्छ।

जहाँ तपाईं सुरक्षित र गोप्य ठानेर बेपर्वाह लुगाफाटो बदल्नुहुन्छ, त्यो दृश्य कुनै कुनाबाट कैद भइरहेको हुनसक्छ। तपाईंलाई थाहै छ, ट्रायल रुममा नदेख्ने गरी कुनै किसिमको हिडन क्यामेरा राख्न सक्छ भनेर जनचेतनामूलक श्रव्यदृश्य सामाग्रीहरु आउने गर्छन्। खासमा ट्रायल रुममा सर्तकता अपनाउनैपर्छ। त्यहाँ ‘हिडन क्यामेरा’ जोडिएको हुनसक्छ । खासगरी युवती/महिलाहरुको भिडियो रेकर्ड गर्ने खतरा रहन्छ।

त्यसैले जब लताकपडा फेर्नका लागि कुनै ट्रायल रुममा प्रवेश गर्नुहुन्छ, त्यहाँ कति सुरक्षित छ ? नियाल्नुहोस्। चाहे कुनै ठूलो सपिङ मलमा पुग्नुहोस् वा सानोतिनो पसलमा नै, तपाईं पूर्णत सुरक्षित हुनुहुन्न। त्यसैले आफु ढुक्क भइसकेपछि मात्र लुगाफाटो बदल्नुपर्छ।

प्रविधिको सहजताले गर्दा अहिले यसैको माध्याम अपनाएर अनेकौ कर्तुत गर्नेहरु सलबलाईरहेका हुन्छन्। तपाईंले जुन स्थानलाई गोप्य र सुरक्षित ठान्नुहुन्छ, त्यहाँबाट तपाईंको गोप्य भिडियो बाहिरिने भय रहन्छ। तपाईंले सर्तकता अपनाउनुपर्ने अर्को मूख्य ठाउँ हो, सार्वजनिक शौचालय। किनमेलमा गएको बेला, कार्यलयको कामकाजमा, यात्रामा वा कुनै काम विशेषले घरबाहिर रहेको बेला हामी सार्वजनिक शौचालय प्रयोग गर्छौ।

शहरमा यस्ता थुप्रै सार्वजनिक शौचालय छन्, जहाँ सशुल्क वा निशुल्क शौच क्रिया गर्न सकिन्छ। तर, यसरी सार्वजनिक शौचालय प्रयोग गर्दा सावधानी भने अपनाउनुपर्छ। सार्वजनिक शौचालयबाट पनि तपाईंको गोपनियता बाहिरिन सक्छ। तपाईंले कुनै होटल, लजमा पार्टनरसँग अन्तरंग पल विताइरहनुभएको छ भने अरु बढी सर्तक हुनुपर्छ। होटल, लज वा यस्तै स्थानहरुमा तपाईंमाथि गोप्या क्यामेराले निगरानी गरिरहेको हुनसक्छ। त्यसैले आफु कस्तो लजमा, कस्तो कोठामा अन्तरंग पल साटिरहेको छु ? धैर्यतापूर्वक नियाल्नुहोस्। भोलिका दिनमा तपाईंले मानसिक तनाव झेल्न नपरोस्।

यसैगरी सार्वजनिक स्थानमा हिँडिरहेको बेला, सार्वजनिक स्थानमा बसिरहेकै बेला तपाईंमाथि कुनै नियतले दृश्यांकन पो गरिदैछ कि ? सर्तक हुनुपर्छ। किनभने यो तपाईं निजत्वको कुरा हो। तपाईं आफ्नो व्यक्तिगत कुरालाई सार्वजनिक गर्न पक्कै रुचाउनुहुन्न। यस्तो अवस्थामा कसैले थाहै नपाई तपाईंको भिडियो रेकर्ड गरेर सार्वजनिक गरिदियो भने ?

खासगरी युवती, महिलाहरुको सानोतिनो असावधानीले ठूलो समस्या निम्तन सक्छ। तपाईंको त्यस्ता दृश्य/फोटो सार्वजनिक हुनसक्छ, जो तपाईंले गोप्य राख्न रुचाउनुहुन्छ। तपाईंले पहिरन बदल्दै गर्दा, शौच क्रिया गरिरहेको, कुनै सार्वजनिक स्थानमा बेपर्वाह बसिरहेको कुनैपनि किसिमको दृश्य/फोटो सार्वजनिक हुनसक्छ। अहिले यस्ता दृश्य/फोटो विभिन्न माध्यामबाट सजिलै फैलन सक्छ। त्यसलाई रोक्ने बलियो र भरपर्दो संयन्त्र हामीसँग छैन। त्यसैले हामी लाचार हुनुपर्ने वाध्यता आइलाग्छ।

हुन त यस्तो कृत्य गर्नु अपराध हो। यस्ता कृत्य गरेको पाइएमा वा प्रमाणित भएमा दोषीले उम्कन पाउँदैन। उनीहरुलाई दण्ड, जरिवाना हुन्छ। तर, यतिबेलासम्म ढिला भइसकेको पनि हुनसक्छ। तपाईंको गोप्य सामाग्री सर्वत्र फैलिइसकेको हुनसक्छ। त्यसैले दोषी भेटिएमा कारवाही गर्ने भन्दा पनि मूख्य कुरा चाहि तपाईंले यी स्थानहरुमा सावधानी अपनाउनुपर्ने हुन्छ।

प्रतिक्रिया

सम्बन्धित