यसरी चिन्नुहोस् स्वार्थी मानिस

कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो हुन्छ । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्ता नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् । यस्ता मानिसहरु आफ्नोमात्र खुसीको लागि जे पनि गर्न सक्छन् तर अरुको खुसीको कारण बन्न सक्दैनन् । कसरी चिन्ने त स्वार्थी मानिस ? यो धेरै कठिन काम हो तर केही उपाय यस्ता मानिसहरु चिन्न मदत गर्छन् ।

तपाईको अगाडी बसेर खाना खाइरहेको छ तर तपाईलाई खानाको लागि सोध्दा पनि सोध्दैन ? यदी तपाई भोकै हुनुहुन्छ र तपाईलाई खानाको लागि वास्तै नगरी एक्लै खान बस्छ भने जान्नुहोस् यस्ता मानिसहरु स्वार्थी हुन्छन् । यदी उसलाई घुम्न मन लाग्छ भने उ प्लानहरु बनाइराख्छ तर आफुले बनाएको प्लानलाई वास्ता नै गर्दैन भने सम्झनुहोस् यस्तो पार्टनर एकदमै स्वार्थी हुन्छन् ।

तपाईको साथमा हिडिरहेको छ तर, तपाईको कुनै वास्ता नै गरिरहेको छैन भने बुझ्नुहोस् यस्ता पार्टनर स्वार्थी हुन्छन् । तपाईको नजिक रहेर पनि विभिन्न बहानामा फोनमा व्यस्त रहन्छ, तपाईले गरेका कामहरुलाई वास्ता नै गर्दैन र कुरा गर्नका लागि पनि हिचकिचाउन गर्छ भने सम्झनुहोस् यस्ता मानिसहरु स्वार्थी हुन्छन् । तपाईले गरेका हरेक कामलाई उ नकारात्मक सोचले हेर्छ र तपाईलाई विनाकारण दोष लगाउने गर्छ ? बुझ्नुहोस् यस्ता मानिससँग भावी सम्बन्ध धेरै दिन टिक्दैन ।

प्रतिक्रिया

सम्बन्धित