महिनावारी समस्याले चिन्तित हुनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुहाेस

युवतीहरुमा महिनावारीसँगै विभिन्न समस्याहरु पनि देखिन्छ । महिनावारी हुँदा पेट दुख्ने, रगत धेरै बग्ने, वान्ता हुने र महिनावारी अनियमितता जस्ता समस्याका कारण युवतीहरु दिक्क हुन्छन् । आज हामी महिनावारीमा हुने समस्या र यसको घरेलु समाधानका बारेमा केही चर्चा गर्नेछौ ।

महिनावारीमा कहिले काहीँ अनियमितता हुनु सामान्य कुरा त हो, तर यदि त्यो समस्या सधैं हुन थाल्यो भने सचेत हुनु आवश्यक छ । कति महिलाहरुको महिनावारी १५ देखि २० दिन ढिलो हुन्छ, यसरी महिनावारी धेरै दिन ढिला भयो भने महिलाहरुमा धेरै समस्याहरु उत्पन्न हुन थाल्छ । शरीर दुख्ने, ढाड दुख्ने, कपाल झर्ने र छटपट हुने जस्ता समस्याहरु देखिन्छ । यी समस्याहरुबाट बच्नका लागि के गर्ने त ?

जीरा

महिनावारीमा देखिने समस्याहरुमा जीराको सेवन अति फाइदाजनक हुन्छ । यसबाहेक महिनावारीमा पेट दुख्ने समस्यामा पनि जिराको सेवन लाभदायक हुन्छ । महिनावारी हुँदा महिलाहरुमा आइरनको कमी हुन्छ, जीराको सेवनले तपाईंको शरीरमा कमी भएको आइरनको पनि परिपुर्ति गर्छ । एक चम्चा जीरासँग एक चम्चा महको दिनहुँ सेवन गर्नु उपयुक्त हुन्छ ।

बदाम

बदाम पनि महिनावारीमा हुने समस्याहरुलाई कम गर्न सहयोग गर्छ । राती दुईवटा छोकडा र चार वटा बदामलाई पानीमा भिजाएर राख्नु पर्छ । बिहान यिनीहरुसंग अलिकति मिश्री मिसाएर पिन्ने र घीउसँंग सेवन गर्नाले पनि महिनावारीमा हुने समस्याहरु हट्छ ।

काँचो मेवा

महिनावारीमा हुने समस्याका लागि काँचो मेवा अति उपयुक्त हुन्छ । यसमा धेरै पोषण तत्व, एन्टी अक्सीडेन्ट तथा रोग कम गर्ने गुणहरु हुन्छन् । काँचो मेवाको सेवनले महिनावारीमा हुने हरेक प्रकारका समस्याहरु कम हुन्छ ।

अदुवा

महिनावारीलाई नियमित गर्न अदुवाले महत्वपुर्ण भुमिका खेल्छ । अदुवाको सेवनले महिनावारी हुँदा पेट दुख्ने समस्याबाट पनि राहत प्रदान गर्छ । त्यसैले आधा चम्चा अदुवालाई पिनेर एक कप पानीमा सात मिनेट उमाल्नुहोस्, त्यसमा स्वाद अनुसार चिनी हाल्नुहोस् । यो मिश्रणलाई खानापछि दिनमा तीन पटक सेवन गर्नुहोस् । एक महिनासम्म यसरी अदुवाको मिश्रण बनाएर पिउनुहोस्, धेरै कुरा समाधान हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित