महिला र पुरुषको शर्टमा बटन किन फरक साइडमा हुन्छ ? यस्ता छन् ४ कारण

दैनिक जीवनमा यस्ता अनेकन कुरामा हामी ध्यान दिँदैनौं जुन कुराको ठूलो महत्व हुन सक्छ । के तपाईँलाई थाहा छ? जिन्स प्यान्टको दाहिने पट्टि हुने सानो खल्ती केको लागि हो? तपाइँले कहिल्यै ख्याल गर्नु भएको छ ? महिला र पुरुषले लगाउने शर्टमा बटन फरक साइडमा हुन्छ । केटीहरुले लगाउने शर्टको बायाँ साइडमा बटन हुन्छ भने पुरुषको शर्टमा दायाँ पट्टी ।

किन हुन्छ यस्तो ?

कारण नम्बर १ :  हामीले लगाउने शर्टको बटन पनि विभिन्न थ्योरीमा आधारित हुन्छ । दशकौं अघि देखि यस्ता थ्यौरीहरुमा बटनको साइडबारे तर्क दिइएको छ । भनिन्छ कि पहिले पहिले पुरुषहरु आफै कपडा लगाउँथे भने महिलाहरुलाई अरुले कपडा लगाइदिन्थे ।

कारण नम्बर २ : त्यस्तै अर्को थ्योरी अनुसार पहिला पुरुषहरु दायाँ हातमा दरबार लिएर हिँड्थे र महिलाहरु बायाँ हातमा बच्चा बोकेर हिँड्थे । पुरुषलाई बटन बन्द गर्न वा खोल्नका लागि बायाँ हातको सहारा चाहिन्थ्यो त्यसकारण उनीहरुको शर्टमा दायाँ पट्टी बटन राख्न थालियो । तर महिलाहरुलाई हातमा बच्चा हुने हुँदा दायाँ हातले बटन खोल्नु पर्ने भएका कारण बायाँ पट्टी बटन राख्न थालियो ।

कारण नम्बर ३ : पहिला महिला र पुरुषको परिधानको भिन्नता हुल्थ्यो । तर समयक्रममा महिलाले पुरुषले लगाउने पोषाक लगाउन थाले । तर पनि महिला र पुरुषको शर्टमा हुने बटनको साइड भने कायमै छ ।

कारण नम्बर ४ : शर्टको बटन साइडको किस्सा नेपोलियन बोनापार्टसँग पनि जोडिन्छ । भनिन्छ नेपोलियनले महिलाका कपडामा बायाँ भागमा बटन लगाउन आदेश दिएका थिए । नेपोलियनले एक हात शर्टमा राखेर उठ्ने गर्थे । महिलाहरुले उनको नक्कल गर्न थालेपछि उनले बटनको साइडबारे नयाँ नियम बनाएका थिए । त्यसपछि यो चलन कायम रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित