रसिला ओठमा लुक्छ महिलाको उमेर


काठमाडौ / अनुहारमा पर्दै गरेको चाउरी र कपालको हराउँदै गरेको चमकले महिलाको उमेरको पोल खोल्ने गरेको छ । तर अनुहार र कपाल रंगहीन भए पनि ओठ रसिलै छन् भने उमेर मज्जाले ढाकिन्छ ।

रसिला ओठवाला महिलाको उमेर ठयाक्क पत्ता लगाउन धेरै कठिन हुन्छ । पछिल्लो अध्ययनले यस्तै देखाएको छ । उक्त अध्ययन नौवटा विश्वविद्यालयमा गरिएको थियो, जसका अगुवा थिए युनिलिभरका वैज्ञानिक डेभिड गन । ती विश्वविद्यालयका युवतीहरूमा अनुसन्धानपछि तिनले के पाए भने जसका ओठ रसिला र कस्सिएका छन् तिनीहरू आफ्नो खास उमेरको दाँजोमा बढी जवान देखिन्छन् ।

अध्ययनअनुसार यो यस्तो विशेषता हो जुन जीनले तय गर्छ र यसलाई मापन गर्न सजिलो हुन्छ । अध्ययनले के पनि पुष्टि गरेको छ भने हलिउड स्टार स्कारलेट जोहानसन तथा हेलेना क्रिस्चियनजस्ता मोडेल मादक देखिनुको सबैभन्दा मुख्य कारण तिनका ओठ नै हुन् ।

प्रतिक्रिया

सम्बन्धित