शनिबार यी खानेकुरा नखाँदा नै बेस, थाहा पाउनुहाेस् के के हुन ती खानेकुरा

एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ । धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ। के के हुन ती खानेकुरा जुन शनिबार नखाँदा नै बेस हुन्छ ।

सादा दुध वा दहिको सेवन शनिबार राम्रो मानिदैन । तर दुधमा मह वा चिनी मिसाएर भने खान सकिन्छ ।

काँचो आपको अचार खान बाट बच्नुहोस् ।

रातो खुर्सानीको प्रयोग शनिबारको दिन नगर्न बताइन्छ ।

माछा मासु पनि शनिबार नखादाँनै राम्रो मानिन्छ । अझ शनिको दशा चलेको बेलामा माछा मासुमा विशेष ध्यानपुर्योउनु पर्नेहुन्छ ।

शनिबार रक्सी सेवन गर्नाले शनि राम्रो भएको बेलामा पनि अशुभ फल मिल्छ । दुर्घटनाको आंशका बढ्ने हुन्छ।

शनिबारको दिन चना र मासको दाल खान सकिन्छ तर मसुरोको दाल भने नखादाँ नै राम्रो हुन्छ।

प्रतिक्रिया

सम्बन्धित