बत्ती बालेर सुत्नु हुन्छ ? सावधान ।

जर्नल ‘जे।ए।एम।ए इन्टर्नल मेडिसीन’मा प्रकाशित खोजमा उल्लेख गरिएअनुसार रातिको समयमा प्रकाश फालिरहेको टीभी, बत्ती, मोबाइलको स्क्रिन लगायतले हाम्रो शारीरिक घडीमा प्रभाव पारिरहेको हुन्छ जसले हाम्रो मेटाबोलिजम अर्थात पाचन तथा ऊर्जा निस्कासन गर्ने प्रणालीमा असर पार्दछ जसकारण नै शरीर असन्तुलित हुने बताइएको छ ।

राति टीभी खुल्लै छाडेर वा बत्ती बालेर सुत्नाले स्वास्थ्यमा नकारात्मक असर पार्ने यो अनुसन्धानले देखाएको छ । ४४ हजार मानिसमा गरिएको एक अनुसन्धानपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । विशेषगरी यसले शरीरमा मोटोपना सम्बन्धी समस्या गराउन सक्ने बताइएको छ ।यसबारे युनिभर्सिटी अफ सरेका प्रोफेसर मेल्कल्म भोन स्कान्टज भन्छन् ‘यो खोजलाई वैज्ञानिक रुपमा सही मान्न सकिन्छ ।’

किनकि प्रकाश र अँध्यारोसँगको दैनिक सम्पर्कले नै हाम्रो २४ घण्टाको शारीरिक घडी जारी राख्छ जसले मेटाबोलिजमको काम, निद्रालाई बढावा दिने हर्मोनको उत्सर्जन, रक्तचापलगायत अन्य शारीरिक क्रियाकलापलाई नियमति र सन्तुलित अवस्थामा राखिरहेको हुन्छ’ । रातिको समय उज्यालोको सामना गर्नुले तौल बढाइ मोटोपनाको विकास गर्ने खतरा वृद्धि गराएको पाइएको हो ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित