महंगा बेडमा भन्दा भुइँमा सुत्दा , यस्ता छन् फाइदा

मानिसहरु भुइँमा बस्न छाडिसकेका छन् । बस्न र खाना खान पनि उनीहरु कुर्सीको प्रयोग गर्छन् । अब भुइँमा सुत्ने कुरा त परै जाओस् !पहिला पूर्खाहरू भुइँमा नै सुत्थे । तर हामी आधुनिक भनाउँदा प्रतिष्ठाका लागि महंगा बेडमा सुत्छौँ । दिनभरिको मेहनतपछि नरम ओछ्यानमा पछारिँदा आराम त हुन्छ तर नरम गद्दामा सुत्दा स्वास्थ्यलाई हानि पनि पूग्छ । गद्दासहितको खाटमा सुत्दा कम्मर र गर्दनका पीडा हुन्छन् । तर भुइँमा सुत्न थाल्नुभयो भने यी कुनै पनि समस्याले सताउँदैनन् ।

काँध र गर्दनमा पीडा हुने समस्या आजकलका मानिसलाई हुन्छ । लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् । त्यसैले काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुहोस् । शरीरमा सही रक्तसञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुहोस् । यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ ।

दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु हो । भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ ।बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुहोस् । यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित