कसरी हटाउने चायाँ ?

यसरी हटाउन सकिन्छ चाया

1. नुहाउनुभन्दा एक घन्टा अगाडि कागतीको रसले टाउको मालिस गरेमा चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।

2. अन्य ब्यक्तिले प्रयोग गरेका ब्रस, तकिया, काईंयो सकेसम्म प्रयोग नगर्ने ।

3. अण्डा फुटाएर कपालमा राम्रोसँग लगाउने र एक घण्टा पछि त्यसलाई पखाल्ने गर्नाले चाँयाबाट मुक्ति पाउन सकिन्छ । यसमा हल्का सेम्पु प्रयोग गर्न सकिन्छ ।

4. धूलो, धूँवा र अत्याधिक घाममा हिँड्दा टाउको छोपेर हिड्ने गर्नु पर्दछ ।

5. एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ निको हुँदै जान्छ ।

6. कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ ।

प्रतिक्रिया

सम्बन्धित