यस्ता जन्मकुण्डली हुनेहरु करोडपति हुन्छन्, हेर्नुस् तपाईको के छ ?

ज्योतिषशास्त्रका अनुसार खास योग परेका व्यक्तिहरु करोडपति हुन्छन् । तपाई र उनीहरुको जन्मकुण्डलीमा समानता हुन पनि सक्छ ।

करोडपति मानिस बन्नका लागि कर्म गरेर मात्रै हुँदैन योग पनि मिलेको हुन्छ । ज्योतिषशास्त्रकाअनुसार करोडपति मानिसहरु राजयोगका हुन्छन् ।

जुन ब्यक्तिको कुण्डलीमा गुरु धनु वा मीन राशीमा हुन्छ वा कर्कटको स्थानमा पहिलो, चौथो वा सातौं तथा दशौं स्थानमा हुनंछ यस्ता ब्यक्तिको योग दिब्य हुन्छ ।

यस्तो योग मेष, कर्कट वा तुला राशी वा कर्कट तथा तुला र मकर राशी लग्नवालाहरुको कुण्डलीमा हुन्छ ।

यो योग भएको कुण्डली हुनेहरु चरित्रवान र महान विचारक समेत हुन सक्छन् ।

यिनीहरु बुद्धीमान हुन्छन् र दीर्घ जीवन सुखमय पनि हुन्छ ।

त्यस्तै अर्को करोडपति बनाउने योग हो मालब्य योग । यो योगको निर्माण शुक्रले गर्छ ।

ज्योतिष शास्त्रका अनुसार कुण्डलीको पहिलो स्थान, चौथो वा सातौं एवं दशौं स्थानमा आफ्नो राशि तुला या वृष रह्यो भने यस्ता ब्यक्ति असाध्यै धनी हुन्छन् ।

यिनीहरु रोमान्टिक र कलात्मक हुन्छन् र यसबाटै पैसा कमाउँछन् । यस्ता ब्यक्ति देख्नमा पनि सुन्दर र आकर्षक हुने हुन्छ ।

जन्मकुण्डलीमा शनि पहिलो र मकर वा कुम्भ राशि पहिलो चौथो वा सातौं स्थानमा बसेको हुन्छ त्यस्तो ब्यक्ति राजयोगमा परेको हुनसक्ने ज्योतिषशास्त्रले भनेको छ ।

यी राशी भएका मानिसहरु विपन्नन्न परिवारमा जन्मिएपनि करोड पति हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित