दम, माइग्रेन देखि क्यान्सरसम्म भगाउँने चिन्नुभएको छ यो फल ?

हाम्रो पृथ्वीमा जतिपनि सजिव बनस्पती छन् अधिकांशमा औषधीय गुण छ त केहीमा बिष । आज हामी फेरी अर्को जीवनबुटी औषधीय बनस्पति फलको कुरा गर्दै छौ । दम रोगदेखि माइग्रेन र क्यान्सरसम्म ठीक पार्ने यो हो रिट्ठाको दाना ।

रिट्ठा एक किसिमको फल हो जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गरिन्छ । रिट्ठा र त्यसको पाउडर पनि सजिलै पाइन्छ । यसको प्रयोग कपाललाई बलियो र कालो बनाउनका लागि गरिन्छ अनि यसले स्वास्थ्य सम्बन्धी धेरै समस्या समाधान गर्छ ।

माइग्रेन भएपछि शिरको आधी भागमा चर्को पीडा हुन्छ । रिट्ठाको प्रयोगले पीडाबाट राहत पाउन सकिन्छ । रिट्ठाको धूलोमा अलिकति मरिच र पानी मिसाउनुस् । यो घोललाई चारपाँच थोपा नाकमा हाल्दा माइग्रेनको पीडा भाग्छ । दमको रोगीलाई सास लिन अप्ठ्यारो हुन्छ अनि धूलो प–यो भने पनि खोकी लाग्न थाल्छ ।

पाँच ग्राम रिट्ठाको धूलोमा २५० मिलिलिटर पानी मिसाएर काँढा बनाएर पिउँदा लाभ हुन्छ । दिनमा दुई तीनचोटि काँढा पिउँदा कफ ठीक हुन्छ र सास फेर्न सजिलो हुन्छ । दाँत दुखेको रिट्ठाका बिउलाई तावामा भुटेर त्यसबराबर फिटकिरी मिसाएर पिस्नुस् । अब यसलाई दाँतमा दल्नुस् । आराम पाउनुहुनेछ । आउँ पर्ने आउँ पर्दा दिसासँग रगत आउँछ र असाध्यै पीडा हुन्छ ।

यस्तो हुँदा आधा लिटर पानीमा रिट्ठाको धूलो हालेर पकाउनुस् र चिसो भएपछि आधी कप पिउनुस् । दिनदिनै यो पानी पिउँदा आउँ ठीक हुन्छ ।अनियमित रजस्वला यसका लागि रिट्ठाको धूलो दुई ग्राममा अलिकति मह मिसाएर खाँदा रजस्वला नियमित हुन्छ र यसबेलामा हुने पीडाबाट राहत प्राप्त हुन्छ । रिट्ठाको धूलो सेवनले विभिन्न अंगको क्यान्सरबाट बचाउँछ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित