जानीराखौं मह सेवन गर्दा अपनाउनुपर्ने सावधानी

महको स्वाद थाहा नपाउने मानिस सायदै होलान् । महको उचित मात्रा मिलाएर सेवन नगर्दा यसले फाइदा भन्दा बेफाइदा नै बढी छन् । महको प्रयोग विभिन्न रोग निवारणमा प्रभावकारी मानिन्छ । महको नियमित सेवन गर्दा यौन क्षमता बढाउनुका साथै यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ । यसका अलवा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुची बढाउन, खोकी, कब्जियतजस्त रोग निको पार्न मह उत्तिकै उपयोगी मानिन्छ ।

अल्सरका रोगीले नियमित महको सेवन गर्दा निको हुन सहज हुन्छ । आयुर्वेद विज्ञानमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ । तर आजभोली महमा हुने मिसावटले स्वास्थ बनाउन भन्दा नयाँ नयाँ रोगहरु निम्त्याउने गरेको छ । महले थकान कम गर्छ । अत्याधिक गर्मीको बेला मह खाएपछि तातो पानी, दही, चिनी वा कफी खानु हुँदैन ।  दैनिक एक देखि दुई चम्चा मह मनतातो पानीमा वा दुधमा मिसाएर खानु राम्रो मान्छि ।

महका फाइदा –

अदुवाको रसमा मह मिसाएर खानाले खोकी निको हुन्छ ।

– पाकेको आँपको रसमा मह मिसाएर खुवाउँदा जण्डिज निको हुन्छ । बच्चालाई चिनीको सट्टा मह खुवाउँदा राम्रो हुन्छ ।

– वान्ता भएमा समय पुदिनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।

– सुख्खा छालामा मह, दुधको तर, क्रिम र बेसन मिसाएर नियमित लगाउँदा छालामा सुन्दरता आउँछ ।

– प्याजको रस र मह बराबर मिसाएर सेवन गर्दा कफ निको हुन्छ ।

मह सेवन गर्दा अपनाउनुपर्ने सावधानी

– माछा, मासुसित मह खानु विष सरह हुन्छ ।

– महमा पानी वा दुध बराबर मात्रामा खानु हानिकारक हुन्छ ।

– अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृत समान हुन्छ ।

– चिया र कफीको साथ मह विष समान हुन्छ ।

– महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन।

– घिउ र महको समान मात्रा कहिल्यै खानु हुँदैन ।

– चिनीमा मह मिसाउनु विष सरह हुन्छ ।

– तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ ।

– मोटोपना नियन्त्रण गर्न मन तातो दुधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ ।

– निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।

– महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ ।

– मौरीले विभिन्न वनस्पतिको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको श्रोतअनुसार महको औषधिय गुण पनि अलग–अलग हुन्छ । जस्तै, नीमको श्रोतोबाट बनेको मह आँखाका लागि, जामुन मधुमेह, हृदय, वात, रक्तचाप रोगको लागि फाइदाजनक हुन्छ । सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हुँदैन ।

– मह खाँदा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाए आराम हुन्छ । अथवा, एक ग्राम धनियाँको धुलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ । एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुई तीन चम्चासम्म मह खान सकिन्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ । बढिरहेको ज्वरोमा दुध, घिऊ र मह सेवन विषसमान हुन्छ । – यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्यु नजिक प¥याउँछ ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित