जिरा पानी नियमित पिउनुको ७ फाइदा

जिरालाई सामन्यतया मसलाको रुपमा प्रयोग गरिन्छ। यसलाई पानीमा उमालेर नियमित पिउँदा स्वास्थ्यको लागि निकै फाइदाकारी सावित हुन्छ। यसमा हुने एन्टीअक्सिडेन्ट्स, आइरन, कपर, पोटासियम र म्याग्नेसियले शरिरलाई धेरै समस्याबाट बचाउँछ।

१. जिरा पानीले एसिडको असरलाई कम गर्दछ। दैनिक बिहान खाली पेटमा पिउनाले पेट फुल्ने र एसिडिटीको समस्या कम हुन्छ।

२. जिरा पानीले रगत प्रवाह ठिक राख्दछ। साथै हात खुट्टा बाँउडिने समस्या कम गर्छ।

३. शरिरको अशुद्धी बाहिर निकाल्न मद्धत गर्छ। यसले शरिरलाई डिटक्सीफाइ गर्न सहयोग गरि विभिन्न रोगबाट बचाउँछ।

४. जिरा पानीले पाचन प्रक्रिया सहज बनाउँछ, कब्जियतबाट बचाउँछ।

५. जिराको पानीमा आइरन प्रशस्त पाइन्छ। यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ। शरिरमा हुने रगतको कमीको समस्या टाढा राख्छ।

६. जिरा पानीले टाउको दुख्ने समस्यामा कमी ल्याउँछ।

७. जिरा पानी नियमित पिउँदा शरिरमा बोसोको मात्र सन्तुलित हुन्छ। शरिरको तौल घटाउँन मद्धत गर्छ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित