मासु खानुभन्दा पहिले फाइदा र बेफाइदा सम्बन्धि यो जानकारी लिनुहोस्

काठमाडौ । धैरै मानिसको रोजाईको परिकार हो मासु । मानिस स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स

यस्ता मासु स्वस्थकर

मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण रहेको हुन्छ । जसको प्रयोगले शरीरलाई फाइदा पुर्‍याएको हुन्छ । तर, उसिनेको मासु प्रयोग गर्दा स्वास्थ्यका लागि बढी हितकर हुन्छ । उसिनेको मासु खाँदा अनावश्यक चिल्लो पदार्थबाट बच्न सकिन्छ । मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, कोलेस्ट्रोल बढी भएमा बोसो नभएको मासु प्रयोग गर्दा राम्रो हुन्छ । सकभर रातो मासु कम खानुपर्छ । सेतो मासु भने स्वास्थ्यका लागि राम्रो मानिन्छ । तुलनात्मक रूपमा खसी, सुँगुर, राँगाको भन्दा कुखुराको मासु र माछा प्रयोग गर्नु बढी श्रेयष्कर हुन्छ।

कतिपय मानिसले मासुमा भएको बोसो अत्यधिक प्रयोग गर्ने गर्छन् । गाउँघरतिर त छुट्टै निकालेर बोसो खाने प्रचलनसमेत छ । तर, स्वास्थ्यका लागि भने सकेसम्म बोसो निकालेर मात्र मासुको प्रयोग गर्नु राम्रो हुन्छ ।

नखानुस् यसरी

बढी चिल्लो र पिरो बनाएर मासु खानु हुँदैन । यसरी खाँदा ग्यास्ट्रिक, प्रेसर, बान्ता, अपच, फुड पोइजनलगायत समस्या आउन सक्छ । शरीरका लागि केही मात्रामा राम्रो मानिए पनि धेरै मासुको प्रयोगले भने हानि गर्न सक्छ । त्यसैले दिनमा तीन–चार पिस मात्र मासु प्रयोग गर्नुपर्छ । डिनरमा भने मासु नखाएकै राम्रो । किनभने डिनरमा मासु खाँदा अपच, मोटोपनलगायतका समस्या आउन सक्छ । पकाएको मासुलाई कहिल्यै पनि फ्रिजमा राख्नुहुँदैन । पकाएर फ्रिजमा राखेको मासुमा पौष्टिक तत्व हुँदैन ।मासु खाएपछि शरीरलाई व्यायाम वा शारीरिक क्रियाकलापको अवश्यकता हुन्छ ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित