पत्थरी हुनै नदिने भए आजैबाट यसरी खानुहोस् प्याज

काठमाडौ । हाम्रो खानपानले कतिपय रोगलाई दबाउँछ । कतिपय रोगलाई निको बनाउँछ । स्वास्थ्यका हिसावमा प्याज खानुपनि निकै फाइदाजनक छ । यसका केही फाइदा यसप्रकार छन् । प्याजलाई सलादका रूपमा खान सकिन्छ । यसको रस पिउँदा लुबाट जोगिन सकिन्छ ।

पिसाब रोकिने समस्या भएकाहरूले प्याजको रस पिउनु लाभदायक हुन्छ । नियमित प्याज खाँदा पर्याप्त मात्रामा पाचन रस उत्पन्न हुन्छ, जसले गर्दा खानेकुरा राम्रोसँग पच्छ । शरीरको कुनै अंग सुन्निए अथवा पीडा भए प्याजको रस लगाउँदा सुन्निएको घट्नुका साथै पीडासमेत कम हुन्छ । काँचो प्याज खाँदा पत्थरीको समस्यामा समेत फाइदा मिल्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित