‘डार्क सर्कल’ साथै आँखा र छालाका सबै समस्या चैट गर्न यो टिप्स सिक्नुहोस्

काठमाडौं । पछिल्ला दिनहरुमा ‘डार्क सर्कल’ नामको रोगबाट धेरै पीडित हुन्छन् । बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्ने लगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ त्यसैंलाई नैं डार्क सर्कल भन्ने गरिएको छ । यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ । डार्क सर्कल हटाउनको लागी आवश्यक मात्रामा सुत्नुका साथैं अन्य केही खानेकुराहरुमा पनि विशेष ध्यान दिनुपर्दछ । आज हामी यसका रोकथामका बारेमा चर्चा गर्न गइरहेका छौं ।

भिटामिन (A), भिटामिन एयुक्त खाना खाँदा छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ । साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ । त्यसैले डार्क सर्कल हुनेहरूले गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्नुपर्छ ।

भिटामिन (C), भिटामिन सीले दिमागमा सेराटोनिन नामक रसायन बढी उत्सर्जन गराउँछ, जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । सुन्तला, कागती, अमला, खर्बुजाजस्ता भिटामिन सीयुक्त खाना बढी खाने गर्नाले डार्क सर्कल बिस्तारै कम हुँदै जान्छ ।

भिटामिन (K), भिटामिन केले रगतलाई गाढा बनाउन मद्दत गर्छ र रक्तसञ्चारलाई पनि तीव्र बनाउँछ । अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइने भएकाले डार्क सर्कल भएकाले यस्ता खाना बढी खाने गर्नुपर्छ ।

भिटामिन (E), भिटामिन ईमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले छालामा जम्मा भएका विकारलाई शरीरबाहिर निकालेर यसलाई चम्किलो बनाउँछ । त्यही भएर डार्क सर्कलको समस्या भएकाले पालुंगो, हाडे बदाम, बदाम, किवी, ओखर, सूर्यमुखीका बिजजस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खानुपर्छ । एजेन्सी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित