यस्ता मानिसले भुलेर पनि खानु हुँदैन अदुवा

काठमाडौँ / अदुवा नेपालमा सर्वसुलभ पाइने बिरुवा हो । खासगरी, यसको जरालाई मसला र औषधिका रूपमा प्रयोग गरिन्छ । यसले थुप्रै रोगका लागि औषधिको काम पनि गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन ।

तौल बढाउन चाहनेले सकभर अदुवा नखाँदा राम्रो हुन्छ । किनकि, यसले तौल कम गर्ने काम गर्छ । रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ । रगत पातलो हुनेसम्बन्धी कुनै पनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।
गर्भवतीले पनि अदुवा नखाँदा नै ठीक हुन्छ ।

पछिल्लो तीन महिना त झनै अदुवा खानुहुँदैन । अदुवाले समयभन्दा पहिल्यै डेलिभरीको समस्या हुन सक्छ ।मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाले पनि अदुवा नखानुस् । किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित