सुत्ने बेला पानी पिउनुहुन्छ ? आउन सक्छ यस्तो समस्या

सुत्ने बेला पानी पिउने बानी छ ? यस्तो असर गर्छ बिचार गर्नुहोस है ? १) ब्लेडरमा असर: दिनभर दौडधुपका कारणले ब्लेडर आफ्नो साइजमा बस्न पाएको हुदैन । तर सुत्ने समयमा ब्लेडर आफ्नो प्राकृतिक अवस्थामा बस्ने गर्दछ । त्यसैले रातमा धेरै पानी पिएपछि पिसाब धेरै लाग्ने हुन्छ । धेरै जसो मानिस पिसाब लाग्दा पनि सुतेको समयमा अल्छि गरेर रोकेर सुत्ने गर्दछन् । यस्तो बानिले ब्लेडरमा असर पर्ने भएकोले अधिक मात्रामा पिउन मनाही गरिएको छ ।

२) सोडियम लेवेल शरीरमा कम: सुत्नु भन्दा अघि अधिक मात्रा पानी पिउदा शरीरमा सोडियम लेवेलको कमि हुन्छ र यसले दिमागको नर्वस सिस्टममा घातक असर पुर्याउदछ ।

३) निन्द्रा लाग्दैन: सुत्नुअघि अधिक पानी पिउदा समय-समयमा पिसाब लागि रहने गर्दछ । यसले तपाइको निन्द्रा बिगार्छ। त्यसैले सुत्नु भन्दा १ घण्टा अघि पानि पिउदा स्वास्थ्यलाई राम्रो हुने डाक्टरहरुको भनाई रहेको छ ।

४) किड्नीमा नराम्रो असर: सुत्नु भन्दाअघि अधिक मात्रामा पानी पिउनाले हाम्रो किड्नीमा नराम्रो असर पर्दछ । सुत्ने समयमा शरीरको सक्रियता कम रहने भएकोले धेरै पानी पिउनाले शरीरलाई नकारात्मक असर पर्ने गर्दछ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित