सावधान ! यस्तो लक्षण देखिए हुनसक्छ अल्सर, कसरी जोगिने

काठमाडौँ । पेटको भित्र सूजन हुने स्थितिलाई पेटको अल्सर भनिन्छ । समस्या बढ्दै गएमा सूजन गहिरो घाउमा परिणत हुन्छ र समस्या अझै बढ्दै जान्छ । सामान्यतया: बढी तेल-मसालेदार खानपानको गलत बानीका कारण जब पेटमा एसिड बढी मात्रा बन्न थाल्छ तब यो रोग उत्पन्न हुन्छ । यसको साथै पेटमा ब्याक्टेरियाको इन्फेक्शनको कारण पनि यो रोग हुनसक्छ । अल्सर रोग हुनसक्ने केही लक्षणहरू यस्ता छन्, जसको मद्दतले तपाई समयमै यसको पहिचान गरी उपचार गर्न सक्नुहुन्छ ।

अल्सरको प्रकार : समस्याको आधारमा अल्सर विभिन्न किसिमको हुन्छ, जस्तै पेप्टिक अल्सर हुँदा पेटको भित्री भित्तामा सूजन हुन्छ । ग्यास्ट्रिक अल्सर हुँदा खाना पश्चात् पेटमा दुखाई शुरू हुन्छ तर डाइजीन जस्ता औषधीको सेवनले आराम मिल्छ । ड्यूडिनल अल्सरको समस्या हुँदा लामो समयसम्म भोको रहँदा पेटमा दुखाई हुनथाल्छ । खाना खाईसकेपछि आराम मिल्छ ।
इसोफेगल अल्सरमा आहार नलीको माथिल्लो भागमा सूजन हुने वा प्वाल हुनेगर्छ । यसको समस्या हुँदा अक्सर आहार नलीमा तीव्र रूपमा पोल्ने हुन्छ ।

उपाय : पेट पोल्ने : भोजन पश्चात् १ वा २ घण्टापछि वा रातीको समय पेटको माथिल्लो भाग वा एकदम बीचमा पोलेको महसूस हुन्छ भने यो अल्सर हुनसक्छ । उल्टी : पटक-पटक उल्टी आउनु वा यसको महसूस भैरहनु पेटको अल्सरको संकेत हुनसक्छ । पेट फुल्ने : कतिपय समय पेट फुल्ने समस्या अल्सरको संकेत हुनसक्छ । छाती पोल्ने : पेटमा रहेको एसिड माथी तर्फ फूड पाइपमा आउँछ । यसले छाती पोलेको महसूस हुन्छ भने यो अल्सरको संकेत हुनसक्छ । पेटमा घोच्ने : भोजन पश्चात् १ वा २ घण्टा पछि वा रातीको समयमा पेटको भित्र घोचेको महसूस भैरहेको छ भने यो अल्सरको संकेत हुनसक्छ ।

दिसाको रंग : लामो समयदेखि गाढा र कालो रंगको दिसा आउने समस्या छ भने यसलाई वेवास्ता गर्नुहुँदैन । यस्तो अल्सरमा हुने ब्लिडिंगको कारण हुनसक्छ । उल्टीमा रगत आउनु : उल्टी आउँदा हल्का रगत आउनु अल्सरको संकेत हुनसक्छ । वजन घट्नु : डाइट वा नियमित कार्यलाई परिवर्तन नगरी अचानक वजन कम हुन्छ भने यो अल्सर हुनसक्छ ।
पेट दुख्नु : अक्सर पेटमा दुखाई हुनु वा केही खाँदा-पिउँदा पनि पेटमा तीव्र दुखाई शुरू हुनु पनि अल्सरको संकेत हुनसक्छ । चाँडो भोक लाग्नु : बिना कारण पटक-पटक भोक लाग्नु अल्सरको संकेत हुनसक्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित