अनुहारमा चायाँ र पोतो आएर हैरान हुनुहुन्छ ? त्यसो भए यसाे गर्नुहाेस्

काठमाडौ / हरेक मानिसको चाहाना आफू सुन्दर भएको हेर्ने हुन्छ । तर, अनुहारको सुन्दरता बिगार्नका लागि विभिन्न खालका चायाँ पोतोहरु अनुहारमा आएपछि मानिसको रुपलाई कुरुप बनाइदिन्छ । जसले गर्दा मानिसलाई टेन्सन हुन्छ । यस्ता समस्याबाट मुक्त हुनको लागि विभिन्न उपायहरु अपनाए अपनाउन सकिन्छ ।पानीको मात्रा कम हुँदा पनि यस्तो समस्या आउँछ । शरीरमा हर्मोन असन्तुलित भएमा यस्ता समस्या आउने गर्छन् । चायाँ पोतोको समस्याबाट हामि घरेलु उपायहरुको माध्यमबाट मुक्त हुन सक्छौं ।

तर्सथ पातो हटाउन प्रसस्त मात्रामा पानी पिउनु पर्छ ।र ग्याष्ट्रिक लयायतका पेट सम्बन्धी रोग भएमा पनि यस्तो समस्या आउन सकन्छ । यसकारण यस्ता रोगको उपचार गरेर पनि चायाँ र पोतो हटाउन सकिन्छ ।अनुहारलाई सूर्यको प्रत्यक्ष किरणबाट बचाउने गरेमा पनि यस समस्याबाट मुक्त हुन सकिन्छ ।

अनुहारमा डण्डीफोर लगायतका घाउ खटिरा आए जथाभावी नकोट्याउने, घर बाहिरबाट आएपछि सफा पानीले मुख धुने, क्षणिक सौन्दर्यको लागि जथाभावी सौन्दर्य प्रदायक सामानको प्रयोग गर्नुहुँदैन् ।यस्तै सफा र शुद्ध पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ ।लामो समयसम्म पनि चायाँ पोतो नहटे छाला रोग विशेषज्ञसँग परामर्श लिने गरेमा पनि यस समस्याबाट मुक्ति पाउन सकिन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित